काठमाडाैं । इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति पुर्याएको हो ।
पाँच जनाको शव फेला परेको छ र सात जना बेपत्ता भएको एक अधिकारीले बताएका छन् । गत हप्तको मंगलवारदेखि शुरु भएको प्राकृतिक प्रकोपले सुकाबुमी क्षेत्रका ५८९ घरमा क्षति पुर्याएको र १ हजार ४०० बासिन्दालाई विस्थापित गरेको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्युनिकरण निकायका प्रवक्ता हादी रहमतले विपद्का कारण १० वटा पुल भत्किएकाले बासिन्दाको आवतजावतमा बाधा पुगेको बताउनु भयो ।
बेपत्ता भएका सातमध्ये पाँच जना पहिरोको शिकार भएका छन् भने बाँकी दुईजना बेपत्ता हुनुको कारण नखुलेको रहमतले बताउनु भयो । पाँच पहिरो पीडितको खोजी कार्य प्रभावित क्षेत्रमा केन्द्रित रहेको र अन्य दुईको खोजी कार्य यी क्षेत्रभन्दा बाहिर भएको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार विस्थापितहरूलाई खान, बस्न, औषधि र अन्य अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन दुईवटा विस्थापन केन्द्र स्थापना गरिएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच