सुदूरपश्चिमको ‘खुवा’ व्यवसाय फस्टाँउँदै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको दूध खुवा देशदेखि परदेशसम्म प्रसिद्ध हुन थालेको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्ग महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा बैतडी जिल्लाको सिमानामा रहेको अनारखोली बजारमा उत्पादन हुने दुग्धजन्य उत्पादन खुवा (स्थानीय बोलचालीमा खोया) देशको राजधानी काठमाडाैं देखि भारतको राजधानी दिल्ली सम्म पुग्ने गरेको व्यवसायी बताउँछन ।

अनारखोली सँगैको बजार भालुमारेमा पनि स्थापित भएका पसलहरुमा भैंसिंको शुद्ध दुधबाट उत्पादन गरि बिक्रिका लागि राख्न थालेपछि राजमार्गमा आवतजावत गर्ने यात्रुहरुले चाहे जति मिठाँई गन्तव्यमा लैजान पाएका छन् ।

बिगत पाँच दशक देखि प्रसिद्ध अनारखोलीको खोया र मिठाईका परिकारहरु गुणस्तरिय, स्वादिष्ट र बजार भन्दा सस्तो भएकाले पनि यहाँबाट तराईलगायत देशका बिभिन्न स्थान तथा रोजगारीका लागि भारत गएका र दशैं तिहारमा घर आई फर्किने यात्रुले आफू र आफ्ना परिवार केटाकेटी आफन्तका लागि काम विशेषले जाँदाआउँदा खोया बर्फि खरिद गर्ने गरेको व्यवसायी गोबिन्द बोहरा बताउँछन् ।

विना प्रशोधन उत्पादन हुने अनारखोलीको खोया र मिठाईका दुग्धजन्य मिष्ठान परिकारहरु कोशेलीको रुपमा समेत खरिद गर्न १९ किलोमिटर टाढा रहेको डडेल्धुरा सदरमुकामबाट पनि ग्राहक पुग्ने गरेका छन् ।

भैसीपालनमा अग्रणी बैतडी डडेल्धुरामा अबैध रुपमा भैंसी निर्यात र पशुपालनमा कमी आए पछि दुध उत्पादन घट्दा पहाडी क्षेत्रमा दुध अभाव हुनुका साथै मिठाईको आपूर्ति धान्न धौधौ परेकाले भैंसी संरक्षणमा राज्यको ध्यान जानु पर्ने व्यवसायी बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?