कर्णालीमा भारी हिमपातसँगै वर्षा : जनजीवन कष्टकर, कृषक उत्साहित

यो वर्ष कर्णालीका हिमाली जिल्लामा पहिलोपटक भएको हिमपात । तस्बिर : मानबहादुर विश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकाेट । कर्णाली प्रदेशका कालीकाेटसहित जुम्ला, मुगु, हुम्ला, र डोल्पामा भारी बर्षासँगै हिमपात भएको छ ।

कालीकाेटकाे तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरिनाथलगायतका अन्य लेकाली क्षेत्रमा पानी परेसँगै हिमपात भएको हो ।

यो सँगै कर्णालीका हिमाली जिल्लामा यो वर्षको पहिलोपटक हिउँपर्न सुरु भएकाे छ । मङ्सिर पहिलो सातासम्म हिउँ नपर्दा चिन्तित किसान मङ्सिरकाे अन्त्यमा अहिले बाक्लाे हिउँ पर्न थालेपछि हर्षित भएका छन् । आइतबार साँझदेखि माैसममा आएको फेरबदलका कारण सामेबार बिहानैदेखि कर्णालीका हिमाली जिल्लाका लेकाली भेगमा बाक्लो हिउँ जमेसँगै बेसीमा पनि हिउँ पर्न सुरु भएको छ ।

कर्णालीका हिमाली जिल्ला जुम्लासहित मुगु हुम्ला र डोल्पामासमेत हिमपातसँगै वर्षा भइरहेको छ । यता कालीकाेटकाे लेकाली क्षेत्रमा हिउँ परिरहेको छ भने अन्य ठाउँ पानी परिरहेको छ ।

हिउँ कुरिरहेका कर्णालीका किसान साेमबार बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । सान्नित्रिवेणी गाउँपालिका-३ का तपेन्द्र विश्वकर्मा भन्नुहुन्छ, ‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ, उत्पादन बढ्छ । हिउँदे बाली जौ,गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’

हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय कालीकाेटका प्रमुख भरत बस्नेतले बताउनुभयाे । 'हिउँ नपरेर बाली सुक्न थालेको थियो', उहाँले भन्नुभयाे ,‘बाली सुक्ने, उत्पादन घट्ने चिन्तामा किसान थिएँ । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन हुने ठाउँमा वृद्धिमा मद्दत पुग्छ ।’

यो सँगै कर्णालीमा सबैभन्दा धेरै हिउँ पर्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयाे । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।

हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका, दिर्घरोगी, सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ ।

यसरी लगातार हिमपात भइरहेको सन्दर्भमा हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प हुने देखिन्छ । जुम्ला नेपालगन्जको उडान, सँगै मुगु, हुम्ला,र डोल्पाको हवाई उडान समेत प्रभावित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?