लण्डन । इंग्लिस प्रिमियर लिगको उपाधि प्रमुख दाबेदार चेल्सीले पुनरागमन जित हात पारेको छ । आइतबार राती सम्पन्न खेलमा चेल्सीले पहिलो ११ मिनेटमा दुई गोल खाए पनि अन्ततः टोटनहृयाममाथि ४-३ को पुनरागमन जित निकालेको हो । जितपछि चेल्सी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंक (३१)ले पछि परेको छ । खेलमा कोल पामरले ‘पनेन्का’ शैलीमा पेनाल्टीमार्फत् गोल गर्दै आफ्नो टोलीलाई जिततर्फ डो¥याउनुभएको थियो ।
यसैबीच लिभरपुलले शनिबारको मर्सिसाइड डर्बी (एभर्टनसँगको खेल) स्थगित गरेपछि शीर्ष स्थानको होड थप रोचक बनेको छ । आर्सनलले पनि फुलहृयामसँग १-१ को बराबरी खेलेको छ, जसले गर्दा शीर्ष स्थानको दौडमा चेल्सीलाई दबाब कम भएको छ । चेल्सीका मुख्य प्रशिक्ष एन्जो मारेस्काले भन्नुभयो, ‘चेल्सीको युवा टोलीमा अझै धेरै सुधार गर्न बाँकी छ ।’
तर, पछिल्लो पाँच स्थानान्तरण विन्डोमा १.३ बिलियनभन्दा बढी खर्च गर्दै चेल्सीले अन्ततः एक सुसंगत टोली तयार गरेको छ । चेल्सीले पछिल्ला चार लिग खेलमा १४ गोल गर्दै सानदार प्रदर्शन गरिरहेको छ । यसअघि चेल्सीले लिगमा केवल म्यानचेस्टर सिटी र लिभरपुलविरुद्ध हार बेहोरेको थियो । डिफेन्डर लेभी कोलविलले भन्नुभयो, ‘हामीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्न अझै धेरै काम गर्नुपर्ने छ । पहिलो १० मिनेटमा दुई गोल खानु हाम्रो स्तर होइन ।’ आर्सनलको प्रदर्शनमा भने सुधारको आवश्यकता छ । फुलहृयामविरुद्ध सेट पिस गोलले एक अंक दिलाए पनि टोलीले थप अवसरहरू गुमाएको थियो । एजेन्सी ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच