संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताउनुभएको छ । उहाँले सिरियामा व्यवस्थित राजनीतिक सक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसंघका प्रमुखले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न र हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न’ आफ्नो आहृवान दोहो¥याउनुभयो । कूटनीतिक तथा कन्सुलर परिसर र कर्मचारीको सुरक्षालाई अन्तर्राष्ट्रिय कानुन अनुसार सबै अवस्थामा सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘कुनै पनि राजनीतिक संक्रमण समावेशी र व्यापक छ र यसले सिरियाका जनताको सबै विविधतामा वैध आकांक्षा पूरा गर्दछ भन्ने सुनिश्चित गर्न हामीलाई अन्तर्राष्ट्रिय समुदायको समर्थनको आवश्यकता हुनेछ’, उहाँले भन्नुभयो । गुटेर्रेसले भन्नुभयो, ‘सिरियाको सार्वभौमिकता, एकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता लाई पुनस्र्थापित गर्नु आजको पहिलो आवश्यकतामा पर्छ ।’
संयुक्त राष्ट्रसंघले यस द्वन्द्वको चपेटामा परेकाहरूको स्मृतिको सम्मान गर्ने बताउँदै उहाँले सिरियालीहरूलाई मेलमिलाप, न्याय, स्वतन्त्रता र समृद्धि सबैका लागि साझा वास्तविकता भएको देश निर्माण गर्न सहयोग गर्न आफुहरू प्रतिबद्ध रहेको बताउनुभयो । यो सिरियामा दिगो शान्तिको मार्ग हो । रासस/एएएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच