काठमाडौं । प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघले सेभेन सिस सिनेमाले निर्माण गरेका चलचित्र प्रदर्शन नगर्ने चेतावनी दिएको छ । सेभेन सिस सिनेमाले वितरण गरेका चलचित्र पनि प्रदर्शन नगर्ने संघको एक विज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो ।
सेभेन सिस सिनेमाले चलचित्र संघको मानमर्दन गर्ने, वितरकसँग रहेको अधिकारभन्दा बाहिर गएर चलचित्र उतार्छु भन्नेजस्ता गैरकानुनी काम गरेकाले यसबारे संघलाई स्पष्ट नपारे सेभेन सिसले निर्माण र वितरण गरेका चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी छ ।
चलचित्र घरमा प्रदर्शकले चलचित्र वितरकमार्फतमात्र चलचित्र प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको भन्दै संघले सचेत गराएको छ । ‘चलचित्र प्रदर्शकको चलचित्र व्यवसायको सरोकार चलचित्र वितरकसँगमात्र रहन्छ । चलचित्र वितरक चलचित्र प्रदर्शनको आधिकारिक संस्था हो’, संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चलचित्र, चलचित्र घरमा प्रदर्शन गर्ने नगर्ने सम्पूर्ण अधिकार चलचित्र वितरकमा निहीत रहन्छ । कानुनतः चलचित्र प्रदर्शकले चलचित्रको व्यवसायिक विषयमा सम्बन्धित चलचित्र वितरकसँग मात्र सरोकार राख्छ ।’ चलचित्र निर्माण पक्षको व्यावसायिक प्रतिनिधि चलचित्र वितरक रहेको पनि संघले प्रष्ट पारेको छ ।
चलचित्र संघको यो निर्णय ‘पूर्णबहादुरको सारंगी’को हकमा लागू नहुने बताइएको छ । ‘अबदेखि सेभेन सिजले बनाउने र वितरण गर्ने फिल्मको हकमा निर्णय लागू हुन्छ’ एक पदाधिकारीले भने । गत शनिबार सेभेन सिज सिनेमाले एकपक्षीय रूपमा हलमा चल्दै गरेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शन उतार्ने निर्णय गरेको थियो । वितरकले सेभेन सिजको उक्त निर्णयको प्रतिवाद गर्दै चलचित्रको प्रदर्शन निरन्तर हुने निर्णय गरेअनुसार अहिले चलचित्र चलिरहेको छ । यता, सेभेन सिज सिनेमाले सोमबार पनि विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेको सूचनालाई सच्याएको बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच