काठमाडौं । कलाकारितामा सानैदेखि रुचि राख्ने महोत्तरी, कालापानीकी स्थानीय जुना कार्की म्युजिक भिडियो मोडलिङ क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न विगत पाँच वर्षदेखि लागिपरिरहनु भएको छ । काठमाडौंलाई कर्मथलो बनाउदै यतिबेला उहाँ मोडलिङमा व्यस्त हुनुुहुन्छ ।
नृत्यमा प्रारंगत जुनाको गाउँघरमा धेरैजसो समय मेला महोत्सव र स्टेज कार्यक्रममा सहभागिता जनाउँदै बित्थ्यो । तर, अहिले उहाँको व्यस्तता स्टेजमा भन्दा पनि म्युजिक भिडियो र फिल्महरूमा बढ्न थालेको छ । दार्जलिङमा निर्मित चलचित्र ‘हरियो सुन’मा समेत काम गर्नुभएकी जुनाले ‘झरी, नवलपुरैमा, म केही यस्तो लेखुँ, कोका कोला फिगर, साँच्चि होर मायाँ, जिउँदो लास, तिम्रो नै साथ होस्, बाँसको चोयाले, ओंठ टोकी मुसुक्कै’लगायत अहिलेसम्म ३०० भन्दा बढी गीतका भिडियोमा मोडलिङ गरिसकेको बताउनुहुन्छ ।
केही समय पहिले मुस्ताङको रमणीय स्थानमा नौ दिनसम्म छायांकन भएको सातवटा म्युजिक भिडियोको मुख्य कलाकार नै जुना कार्की हुनुहुन्थ्यो । यतिबेला जुनाले आफ्नो क्षमता र कलाले धेरैलाई प्रभावित बनाइरहनुभएको छ ।
मोडलिङमा जमिरहनुभएकी जुनाको आकर्षण फिचर्स फिल्मप्रति बढेको छ । कलाकारितामा आफ्नो भविष्य देख्नुभएकी जुना यस क्षेत्रलाई निरन्तरता दिँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धताका साग अघि बढिरहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच