काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, चितवन अटोमोबाइल्स एसोसिएसन र नाडा प्रादेशिक एसोसिएसनका अध्यक्षहरूबीच चितवनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको उपस्थितिमा प्रदेश संरचनालार्ई कसरी अगाडि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधन, खुला सीमाका कारण अटोमोबाइल क्षेत्रमा पारेको समस्या, व्यवसायीको पुरानो स्टक समस्या, नाडाको इतिहास, नाडाको सदस्यता लिँदा प्रदेशबाट अनिवार्य स्वीकृति लिनुपर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोगलगायतका विषयमा छलफल भएको नाडाले जनाएको छ ।
त्यसैगरी सवारीसाधन आयातकर्ता र डिलरबीचका समस्या, हालको आर्थिक मन्दीले अटोमोबाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हृयाण्ड अटोमोबाइल पार्टसको व्यवस्थापन र त्यसको वैधानिकता, भन्सार मूल्यांकनले पारेका समस्याका सम्बन्धमा र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले आयोजना गरेको अटो एक्स्पोको जानकारीलगायत १४ वटा विषयमा क्रमबद्धरूपमा छलफल भएको बताइएको छ । नाडाका निवर्तमान अध्यक्ष डा. धु्रव थापाले अटोमोबाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा चर्चा गर्नुभएको थियो ।
सो अवसरमा नाडा अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. धु्रव थापा, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणि पाठक, दिपेन्द्रकुमार मिश्रा, तोयानाथ खनाल, नारायणप्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्री, नाडाका संस्थागत सदस्य तथा मोरङ अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी चितवन अटोमोबाइल्स एसोसिएसनतर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केसी, बालमुकुन्द तिवारी, महेन्द्र वाग्ले, देवीप्रसाद बराल, बालकृष्ण कँडेल, ज्ञानुप्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरञ्जीवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, वसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारी, हेटौंडा अटोमोबाइल्स एसोसिएसनतर्फबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दिपेन्द्र उपे्रतीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्यसमितिका सदस्य सुनिल रिजालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रीय कार्यसमिति सदस्य अनुप बरालले गर्नुभएको थियो । यस किसिमका कार्यक्रले नाडा र नाडा प्रदेश एसोसिएसनबीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हँुदै जाने विश्वास नाडाले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच