काठमाडौं । नेपालको सबैभन्दा ठूलो साथै भारतको नम्बर वान टायल्स कजारिया टायल्सले हालै काठमाडौंमा ‘मैसन मिट २०२४’ सम्पन्न गरेको छ । एक सय ५० भन्दा बढी राजमिस्त्री सहभागी उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकसँग उच्च गुणस्तर र नयाँ प्रविधिबारेमा गहन छलफल गराइएको थियो ।
मैसन मिटको उद्देश्य राजमिस्त्रीहरूलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्राण्ड चेतनाबारेमा छलफल गर्ने रहेको कम्पनीले जनाएको छ । सो मिटमा कजारिया ब्राण्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यबारेमा पनि जानकारी दिइएको थियो । कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवास निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरूसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्य राखी कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ ।
आयोजकका अनुसार अर्थतन्त्र मजबुत बनाउन राजमिस्त्रीको उल्लेखनीय भूमिका रहेकाले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तरक्रिया कार्यप्रति काजरिया रमेश टायल्स सधैँ नै सजक रहेको छ । त्यसैले काठमाडौंबाट सुरु भएको मैसन मिट छिट्टै नै नेपालमा कम्तीमा पनि १६ ठाउँमा आयोजना गरिने कम्पनीले जनाएको छ । सो अवसरमा काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले भन्नुभयो, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको छनोटका साथै दक्ष जनशक्तिको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।’ काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सेरामिक्सको संयुक्त लगानीमा दुई वर्षअघि नवलपरासीमा स्थापना भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच