डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनको बेला आफूले जितेमा इजरायल तथा हमास, रुस र युक्रेन युद्धलाई शान्त पार्ने वचन दिएका थिए । अहिले उनले गाजामा बन्दी बनाइएका मानिसहरूलाई आफू राष्ट्रपति पदमा आसीन हुनुअगावै छोड्न चेतावनी दिएका छन् । यो चेतावनी हमासलाई हो । यसरी नै उनले शान्तिवार्ताका लागि आफ्नो प्रतिनिधि रुस पठाउन लागेका छन् तर रुसले शान्तिवार्ता उनीहरूको शर्तमा हुनुपर्छ भनेको छ । ट्रम्पको कडा मिजास हेर्दा उनले विश्वमा शान्ति स्थापना गर्न सक्छन् कि सक्दैनन् भन्ने समयले बताउला । ट्रम्पले राष्ट्रपतिको चुनावमा २५ प्रतिशत यहुदीहरूले मात्र उनलाई भोट दिएकाले यहुदीप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । तैपनि उनी इजरायलका विरुद्ध जालान् भनेर सोच्न सकिँदैन ।
इजरायलमा मध्यपूर्वलाई लिएर अमेरिकी स्वार्थलाई उनले अनदेखा गर्न सक्दैनन् । हमासप्रतिको उनको धम्की यसकै परिचायक हो । अमेरिकाले इजरायललाई बेवास्ता गर्न सक्ने कुनै उपाय छैन । म्यारिज डिप्लोमेसीले पनि अमेरिका र इजरायलबीचको सम्बन्धलाई बलियो बनाएको छ । अमेरिकाका ठूला नेताहरू र उनीहरूका सन्तानले यहुदीसँग विवाह गरेका छन् । यहाँसम्म कि अमेरिकीहरू आफ्नो आउने पिँढीलाई यहुदी संस्कारमा ढाल्न चाहन्छन् । म्यारिज डिप्लोमसी कुनै नयाँ अवधारणा होइन । प्राचीन कथाहरूमा दुई देशका राजपरिवारबीच वैवाहिक सम्बन्ध हुन्थ्यो । कारण आफ्नो राज्यविस्तार र आफ्नो राष्ट्रको सुरक्षाका लागि म्यारिज डिप्लोमेसी एउटा कारक तत्व हो ।
वर्तमान अवस्था हेर्ने हो भने मध्यपूर्वमा इजरायल लेबनान, इरानलगायत देश युद्धरत छन् । इजरायल र लेबनान युद्धको इतिहास धेरै लामो छ । इजरायल बलियो हुनुमा अमेरिकाको हात छ । अमेरिकाले इजरायललाई साथ नदिने हो भने अरब राष्ट्रहरूले इजरायलको इतिहास नै मेटाइदिन्थे ।
कतै कतै एउटा राजाले एकभन्दा बढी राजपरिवारसँग वैवाहिक सम्बन्ध स्थापना गर्थे, यो विवाह कूटनीति थियो । नेपालमा पृथ्वीनारायण शाहले यही विवाह कूटनीति अपनाएका थिए । उनले त मितको कूटनीति पनि अपनाए । युरोपमा हेर्ने हो भने सन् १२५१ मा स्कटल्याण्डका राजा अलेकजेण्डर तृतीयले बेलायतकी महारानीसँग विवाह गरेका थिए । त्यस समयमा अलेकजेण्डर तृतीयको उमेर सात वर्षको थियो । समय फेरिँदै गएपछि म्यारिज डिप्लोमेसीको शैली पनि फेरिँदै गयो ।
वर्तमान अवस्था हेर्ने हो भने मध्यपूर्वमा इजरायल लेबनान, इरानलगायत देशहरू युद्धरत छन् । इजरायल र लेबनान युद्धको इतिहास धेरै लामो छ । इजरायल बलियो हुनुमा अमेरिकाको हात छ । अमेरिकाले इजरायललाई साथ नदिने हो भने अरब राष्ट्रहरूले इजरायलको इतिहास नै मेटाइदिन्थे । इजरायल आणविक रूपमा बलियो हुनुमा अमेरिकाको हात छ । यहुदीहरूले भोट नदिएर रिसाए पनि नयाँ राष्ट्रपति ट्रम्पले इजरायललाई छोड्न सक्ने अवस्था छैन । मध्यपूर्वमा अमेरिकी स्वार्थको अतिरिक्त यहुदीहरूसँग अमेरिकनहरूको वैवाहिक सम्बन्धले पनि इजरायलको साथ छोड्ने स्थितिमा अमेरिका देखिँदैन ।
बाइडेनका तीनजनै सन्तान दुई छोरा र एउटी छोरीले यहुदीहरूसँग विवाह गरेका छन् । उपराष्ट्रपति कमला हृयारिसले पनि यहुदीसँग विवाह गरेकी छिन् । उनका पति डौग्लस इम्होफ एकजना यहुदी हुन् । कमला हृयारिश उनकी दोस्री पत्नी हुन् । त्यतिमात्र होइन, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभांकाले सन् २००९ मा एकजना यहुदी जेरेड कुशनरसँग विवाह गरेकी छन् । विवाहभन्दा पहिला उनले आफ्नो धर्म परिर्वतन गरी ख्रिष्टानबाट यहुदी बनेकी थिइन् ।
उनीहरूले आफ्नो तीनवटै सन्तानलाई यहुदी परम्परामै पालनपोषण गरिरहेका छन् । उनीहरू आफ्ना सन्तानलाई ज्युस डे स्कुलमा पढाउँछन् । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन तथा हिलारी रोदम क्लिन्टनकी छोरी मार्क मेजविंस्कीकी छोरी चेल्सी क्लिन्टनले सन् २०१० मा यहुदीसँग विवाह गरेकी हुन् । उनीहरूका पनि तीनजना सन्तान छन् । पूर्वराष्ट्रपति बाराक ओबामाको परिवारले यहुदीहरूसँग विवाह नगरे तापनि उनी राष्ट्रपति हुँदा हृवाइट हाउसमा उनका सल्लाहकार र निकट सहयोगीहरू यहुदीहरू नै थिए ।
यसको अलावा अमेरिकाका ठूला नेताहरू उद्योगी व्यवसायी र आममानिसले पनि यहुदीहरूसँग विवाह गरेका छन् । डोनाल्ड ट्रम्पले आमनिर्वाचनमा इजरायललाई बचाउनुछ भने मलाई भोट दिनुस् भनेका थिए तर रिपब्लिकन दलका कतिपय नेताहरूले नै उनी नाजीहरूको नजिक भएकोले उनले जितेमा इजरायल र इजरायलीका लागि खतरा हुनेछ भन्न भ्याएका थिए । डोनल्ड ट्रम्प जर्मनी मूलका अमेरिकन हुन् । उनका हजुरबुबा फ्रेडरिक ट्रम्प, हजुरआमा र मावली हजुरबुबा हजुरआमा माझी थिए । माछा मार्नु उनीहरूको व्यवसाय थियो । उनी अमेरिका आएपछि रियल स्टेटमा सट्टाबाजीमा लागे । त्यहाँ सफल नभएपछि युकोनको हृवाइटहर्समा खानी मजदुरका लागि रेष्टुरेण्ट खोलेका थिए ।
उनीपछि उनका छोराले रियल स्टेटको कारोबार सुरु गरे जसलाई डोनाल्ड ट्रम्पले उत्तराधिकारीका रूपमा पाए । डोनाल्ड ट्रम्पकी आमा स्कटिस हुन् । विवाहपूर्व उनी घरेलु कामदार थिइन् । डोनाल्ड ट्रम्पकी छोरी इभांकाले यहुदीसँग विवाह गरेर यहुदी धर्म अपनाएपछि ट्रम्पको सम्बन्ध पनि यहुदीहरूसँग भयो । यस अलावा विश्व प्रविधिमा अमेरिकन यहुदीहरूको वर्चस्व छ । वैज्ञानिक अलबर्ट आइन्सटाइन यहुदी हुन् । दोस्रो विश्वयुद्ध जिताउन उनको महत्वपूर्ण हात छ, उनी अमेरिकन यहदुी थिए । अमेरिकी व्यवसायी माइक्रोसफ्टको पूर्वसिइओ स्टिभन बलमेर, डेल कम्पनीका मालिक डेल अमेरिकी यहुदी हुन् । इभिडिया कम्पनीका ग्राफिक्स चार्ट जो ग्यामिङ गजेटका लागि प्रसिद्ध छ त्यसमा पनि यहुदीको प्रभुत्व छ ।
गुगलका संस्थापक ल्यारी पेज, फेसबुक, इन्स्ट्राग्राम, थ्रेड मालिक यहुदी मार्क जुकरबर्ग हुन् । अमेरिकन यहुदीबाट सञ्चालित ठूला टेक कम्पनीहरूले अमेरिकी साम्राज्यवादको विस्तारमा ठूलो मद्दत गरेका छन् । प्यु रिसर्च सेन्टरले सन् २०१२ मा गरेको अनुसन्धान अनुसार अमेरिकामा बस्ने करिब ५८ प्रतिशत यहुदी अन्य धर्ममा विवाह गर्छन् तर उनीहरूले विवाह गरेर ल्याएकी पत्नीलाई यहुदी धर्म संस्कारमा ढाल्ने गर्छन् । अर्काे धर्ममा विवाह गर्ने यहुदीहरूमध्ये ४५ प्रतिशतले यहुदी धर्म संस्कारमा आफ्ना सन्तानको पालनपोषण गर्छन् ।
सन् १९९० मा यो संख्या २५ प्रतिशत थियो । ५० वर्षअगिसम्म कुनै यहुदीले अमेरिकामा अन्य धर्मकोसँग विवाह गरे उसलाई सामाजिक मान्यता दिइँदैनथ्यो । साथै अमेरिकामा यहुदीहरूलाई घृणाको दृष्टिले हेर्ने चलन पनि घटेको छ । यहुदीहरूले जिसस क्राइस्टको हत्या गरेको भन्दै घृणाको दृष्टिले हेर्ने गरिन्थ्यो । सन् १९६६ मा यहुदीहरूले नै जिसस क्राइस्टको हत्या गरेको भनेर मान्ने अमेरिकन ४३ प्रतिशत थिए भने सन् २००४ मा यो संख्या घटेर २३ प्रतिशत भएको थियो । दिनप्रतिदिन यो संख्या घट्दै गएको छ ।
इजरायल अस्तित्वमा आएपछि इजरायलीहरूले यहुदी धर्म, संस्कार र चरित्रलाई विश्वमा मान्यता दिलाउन संघर्ष गरिरहेका छन् । इजरायलमा यहुदी धर्मबाहेकका अन्यसँग विवाह गर्न सजिलो छैन तर कसैले यहुदी धर्म अँगाल्छन् भने सजिलैसँग अँगाल्न पाउँछन् । सन् २०१४ मा नेतन्याहुका छोराले गैरयहुदी केटीसँग विवाह गर्न लागेका छन् भनेर चर्चा भएपछि नेतन्याहुले उनीहरू साथीमात्र हुन् अरू केही होइन भनेर स्पष्टीकरण दिएका थिए ।
नेपाल यस्तो राष्ट्र हो र नेपाली यस्ता जाति हुन् जसलाई आफ्नो सनातन धर्मप्रति विश्वास र आस्था छैन, सरकार स्वयं धर्म परिवर्तनलाई सहयोग गर्ने गर्छ । धर्म परिवर्तन हुँदा समाजबाट यहाँ कडा विरोध हुँदैन, न त सामाजिक बहिष्कार नै हुन्छ । यहाँ गैरवर्ण विवाहलाई पनि मान्यता दिइन्छ । रक्त शुद्धताका लागि पनि गैरवर्ण विवाह गर्न हुँदैन तर नेपाल र नेपाली यति गतिछाडा भएका छन् कि यिनीहरूले आफ्नो कुलधर्मलाई पनि परित्याग गरिसके । नेपाल सरकार र नेपालीहरूले इजरायल र इजरायलीबाट सिक्नुपर्ने हो ।
खासमा अरब राष्ट्रहरूलाई नियन्त्रणमा राख्न अमेरिकालाई इजरायलको आवश्यकता पर्छ । त्यसैले पनि ७५ प्रतिशत यहुदीहले मलाई भोट नदिएको भनेर ट्रम्पले असन्तुष्टि जताए तर पनि उनले भूराजनीतिका कारण इजरायलको साथ छोड्न सक्दैनन् । अहिलेसम्म इजरायललाई दिँदै आएको ठूलो परिणामको सहयोग जारी राख्न ट्रम्प पनि बाध्य हुनेछन् ।
अन्य धर्ममा विवाह इजरायलको सीमा कटेपछि लागू हुँदैन तर संसारका यहुदीहरूले अन्य धर्ममा विवाह गरे पनि आफ्ना सन्तान, पत्नीलाई यहुदी धर्म र संस्कारमा ढाल्ने गरेका छन् । कैयौं रब्बीहरू (यहुदी धर्मगुरु)ले भनिसकेका छन् : अन्तरजातीय विवाहको विरुद्ध लडेको युद्ध एउटा हारेको युद्ध हो । हाम्रो पहुँच झन् राम्रो हुनुपर्छ, हाम्रा संस्थाहरू झन् राम्रा हुनुपर्छ, हाम्रो यहुदी अनुभव झन धेरै प्रभावशाली हुनुपर्छ, यसका लागि हामीले गैरयहुदी मानिससँग सम्पर्क बढाउनुपर्छ । उनीहरूसँग विवाह गर्नुपर्छ तर आफ्ना सन्तानलाई यहुदी परम्परामा पालनपोषण गर्दै हुर्काउनुपर्छ ।
अमेरिकाको इतिहासका प्रोफेसर चेरिल ग्रिनबर्गले भनेका छन् : यहुदीहरूलाई अमेरिकामा करिब श्वेत नै मानिएको छ । सन् २०२० सम्म अमेरिकामा यहुदीहरू ७.५ मिलियन पुगेका छन् । यहाँका यहुदीहरू डेमोक्रेट र रिपब्लिकन दुबै दलमा छन् र यिनीहरूलाई प्रचुर धनराशि फण्डिङ गर्छन् । राजनीतिमा पनि उनीहरूको हस्तक्षेप छ । यी दुबै दलको इजरायल प्रेमको अमेरिकामा निकै आलोचना पनि हुने गर्दछ । डेमोक्रेटिक दलकी राशिदाताले इजरायल प्रेमको विरोध गर्दै इजरायललाई सहायता दिन बन्द गर्न आवाज उठाएकी थिइन् । अमेरिकका पूर्वराष्ट्रपति हेनरी टम्यानले इजरायललाई स्वतन्त्र तथा सार्वभौम राष्ट्रका रूपमा सबैभन्दा पहिला मान्यता दिएका थिए । इजरायललाई समर्थन गर्नुको प्रमुख कारण हो खाडीको तेल भण्डारलाई कब्जा गर्नु ।
खासमा अरब राष्ट्रहरूलाई नियन्त्रणमा राख्न अमेरिकालाई इजरायलको आवश्यकता पर्छ । त्यसैले पनि ७५ प्रतिशत यहुदीहरू मलाई भोट नदिएको भनेर ट्रम्पले असन्तुष्टि जताए पनि उनले भूराजनीतिका कारण इजरायलको साथ छोड्न सक्दैनन् । अहिलेसम्म इजरायललाई दिँदैआएको ठूलो परिणामको सहयोग जारी राख्न ट्रम्प पनि बाध्य हुनेछन् । इजरायल र अमेरिका बीचको कारोबार पनि ठूलो छ । वार्षिक करिब दुई देशबीच ५० अर्ब डलर बराबरको कारोबार हुने गर्दछ । यसलाई ट्रम्पले नजरअन्दाज गर्न सक्दैनन् । झन् अहिलेको विषम परिस्थितिमा ट्रम्पले इजरायलको साथ छोड्नु भनेको अरब राष्ट्रबाट हात धुनु हो ।
झन् अहिले त अरब राष्ट्रहरू अमेरिकी नीतिविरुद्ध ब्रिक्सतिर आकर्षित हुँदै गइरहेका छन् । ब्रिक्स बलियो हुनुभनेको अमेरिकी डलरको पतन हुनु र अमेरिकी डलरको पतन हुनु भनेको अमेरिकाको पतन हुनु हो । त्यही डरले ट्रम्पले ब्रिक्स मुद्रामा कारोबार गर्ने ब्रिक्स राष्ट्रहरूलाई चेतावनी दिँदै यसको परिणाम नराम्रो हुने भनेका छन् । ब्रिक्समा सामेल चीनबाट अमेरिका पैठारी हुने सामानमा ६० प्रतिशत र इण्डियाबाट जाने सामानमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन् ।
उनले ब्रिक्स मुद्रामा कारोबार गर्नेलाई अमेरिका सामान पैठारी गर्दा शतप्रतिशत शुल्क लगाउने धम्की दिएका छन् । उनको धम्कीको विरोध अमेरिकामै सुरु भइसकेको छ । शुल्क बढी लगाए अमेरिकामा सामानहरूको मूल्य आकाशिनेछ । यसले गर्दा जनताको क्रयशक्ति घट्ने छ र अमेरिकाको अर्थतन्त्र चौपट हुनेछ भनेर ट्रम्पको यो घोषणालाई फिर्ता लिन दबाब बढ्दैगएको छ । हेरौं, ट्रम्पको जिद्दी स्वभावले अमेरिकालाई कहाँ पु¥याउनेछ र विश्वमा यसको के के असर पर्नेछ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच