स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानबाटै अहिलेको उपलब्धि सम्भव : उपप्रधानमन्त्री सिंह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानका कारण अहिलेको उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।

मंगलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले भेला हुन पाउने, बोल्न पाउने अधिकार नेपालीहरुको योगदानकै कारण सम्भव भएको बताउनु भयो । उहाँले मंगलादेवी सिंह नेपाली महिलाहरुको अधिकार प्राप्तिका लागि आन्दोलनको अगुवाई गर्ने व्यक्ति भइको बताउनु भयो ।

मंगलादेवी सिंहले नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ सालमा जनमत संग्रहमा महिलाहरु एकीकृत गरेर बहुदललाई मत दिन आह्वान गर्न देशभर आन्दोलन र प्रचारप्रसार गर्नुभएको बताउनु भयो । उहाँले ०४२ सालको सत्याग्रह र ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन स्व. सिंहले अविष्मरणीय योगदान गर्नुभएको बताउनु भयो ।

स्व. मंगलादेवीले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको बताउनु भयो । साथै उहाँले नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानको कारणले नै आजका दिनमा हामीले यि सबै अधिकारहरु भेला हुन पाउने, बोल्न पाउने अधिकार त्यसै आएको होइन । यो धेरैको बलिदानबाट आएको हो । मंगलादेवी सिंह खास गरेर नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ साल हामीलाई याद छ । जनमत संग्रहको समयमा पनि निलो र पहेँलो, निलो भनेको बहुदलीय व्यवस्थाको लागि र पहेँलो भनेको सुधारिएको पञ्चायत भनेर जनमत संग्रह भएको थियो । त्यो बेला उहाँले ७५ जिल्लामा महिलाहरु संगठित गरेर निलोमा, बहुदलको पक्षमा मत हाल्न गर्नुभएको योगदान बिर्सिनु हुँदैन । ०४२ सालको सत्याग्रहमा उहाँ जेल पर्नुभयो । ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन अविष्मरणीय योगदान गर्नुभएको छ । उहाँले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको थियो । नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको थियो ।’

उपप्रधानमन्त्री सिंहले महिलाहरुको पनि पुरुषसरह अधिकार हुनुपर्ने मागसहित २००४ सालमा मंगलादेवी सिंहले गर्नुभएको योगदानको स्मरण गर्नुभयो । महिलाहरुलाई मताधिकार दिनुपर्ने माग पनि स्व. मंगलादेवी सिंहले नै उठाउनुभएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो, आज कतिमा हुँदैछ… अन्तर्राष्ट्रिय न्याय दिवसमा रोम विधान अनुमोदन गर्न सरकारलाई ज्ञापनपत्र रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी कोलम्बो सम्मेलनमा प्रचण्डद्वारा समाजवाद निर्माणको राजनीतिक रूपरेखा प्रस्तुत फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह एन्डी बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै सुदूरपश्चिममा बजेट फेल, प्रदेश आंशिक बजेट शून्यतामा भाग्यले लेखेको अनौठो कथा : १९ वर्षअघि काखमा बोकेको शिशुसँग विश्वकप फाइनलमा…