जुम्ला । जुम्ला रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जिल्लाका स्थानीयवासिले अभियान चलाउन थालेका छन् । जिल्लाको तातोपानी गाउँपालिका-८ मा रहेको नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटा सम्म रेडपाण्डा रहेको स्थानीयवासिको आँकलन रहेको छ । पानीखोला हुँदै केसरपानी, तेलेलडाँडाहुँदै राक्ष र सल्ली थाक्नसम्मको ४ सय ९१ वर्गमिटर जग्गा सामुदायिक वन क्षेत्रमा पर्छ । मछाली, बुढाबाडा र इमिल्चाका ५५ घरधुरी अहिले रेडपाण्डा बचाउन लागिरहेको उक्त वन समितिका पूर्व उपाध्यक्ष बीरबहादुर रोकायाले जानकारी दिनुभयो ।
वर्षेनि रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन स्थानीयवासि जुटेकाछन् । उक्त क्षेत्रमा जंगल आगोबाट बचाउने, नियमित बृक्षरोपण गर्ने, वनफँडानी रोक्ने र वन उपभोक्ता समितिले रेडपाण्डाको बासस्थान जोगाउने जस्ता कार्य भइरहेका छन् ।
स्थानीयले वनमा रेडपाण्डाको बासस्थान अनुकुलका निगालो, द्यार, धुपी, घोडापांगर, चुक, काठेओखर, खर्सु, सल्लो, झुलो, भोजपत्र र ठिंगोका विरुवा रोपेकाछन् । पहिले सानो जंगल अहिले ठूलै भएको छ । जंगलभित्र रेडपाण्डाका लागि पानीको पोखरी पनि बनेकाछन् । वन समितिका पूर्व उपाध्यक्ष रोकायाले भन्नुभयो,“दुर्लभ रेडपाण्डाको बासस्थान गाउँ नजिकै भेटिँदा उत्साहित भएका छौ । रेडपाण्डा दुर्लभ हो । रेडपाण्डाको संरक्षण गर्न जरुरी छ । के गर्दा रेडपाण्डाको बासस्थान जोगाउन सकिन्छ भन्ने बिषयमा खोजी सुरुहुन थालेको वन समितिका पूर्व उपाध्यक्ष रोकायाको भनाइ छ । ”
रेडपाण्डाको बचाउन आफ्नै गाउँले नीति छ । पहिलोपटक सचेत गर्ने, जंगल फडानी गर्नेलाई समुदायस्तरमा राखेर स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने गरिएको छ । यो नीतिले अहिले वन संरक्षण भइरहेको सो वडाका ६५ वर्षीय मुनबहादुर बुढाले बताउनुभयो ।
समुदायको रेडपाण्डाप्रतिको मोह देखेर रेडपाण्डा नेटवर्क काठमाडौं र हातेमालो नेपाल जुम्लाले ती क्षेत्रहरुमा पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यन्वयनमा ल्याएको हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले जानकारी दिनुभयो । जिल्लाको सिंजा, तातोपानी, पातारासी गाउँपालिका पाँचवटा सामुदायिक वनमा रातो हाब्रेको वासस्थान रहेको छ । हाब्रेको सर्भे गर्ने र सामुदायिक वन छनौट गरेर सचेतना फैलाउने कार्य चलिरहेको छ । कार्यकारी निर्देशक रावतले भन्नुभयो,“ रेडपाण्डाको चोरीसिकार नियन्त्रण, संरक्षण र पर्या पर्यटनको विषयमा तालिम गोष्ठी प्रदान गरिरहेका छौ । पातारासीको महारुद्ध आधारभूत विद्यालय र सिंजाको मावि चुलेलगाउँमा कक्षा-६ मा वातावरण संरक्षण सम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन अध्यापन भइरहेको छ । उक्त विद्यालयका विद्यार्थीहरुले रेडपाण्डाको गुण, अवगुण र महत्वका बारेमा बुझ्ने मौका पाइरहेको हातेमालो नेपालका कार्यकारी निर्देशक रावतको भनाइ छ ।
पातारासीको महारुद्र सामुदायिक वन पटमारामा १४ र सियालामुल सामुदायिक वनमा २ वटा क्यामरा राखिएको छ । प्रत्येक ४५ दिनमा तीन पटक क्यामरा हेर्ने गरिएको छ । जिल्लाका चारवटा सामुदायिक वनमा १७ हजार भन्दा बढी विरुवा रोपिएको छ । यो सबै रेडपाण्डा बासस्थानको लागि हो । वन जोगाउनको लागि सुधारिएको चुलो दिइएको छ । घरपालुवा जनावर सँगै जंगली वन्यजन्तुको लागि पानी पोखरी, बेमौसमी तरकारी खेती, आकाशेपानी संकलन पोखरीको समेतको व्यवस्था गरिएको हातेमालो नेपालका जुम्लाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच