अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्रामसहित झापा कचनकवल गाउँपालिका-७ ठेगाना भएका २७ वर्षीय छिरिङ लामा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीकाे धनगढी उपमहानगरपालिका-२ शिक्षा कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय ज्ञानु धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, मकवानपुर मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा ९ किलो ८ सय ५० ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ झ्याके बस्ने ५२ वर्षीय प्रताप सिंह मोक्तान र उनकै श्रीमती ५० वर्षीया राम माया मोक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?