हुम्ला । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य सम्पन्न भएपछि मङ्गलबार विहान हवाई सेवा सञ्चालनमा आएको छ ।
विमानस्थलमा जमेको हिउँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षाकर्मी मिलेर मङ्गलबार सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाने कार्य सम्पन्न गरेपछि हवाई उडान सञ्चालनमा आएको नागरीक उड्ययन प्राविधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो ।
मङ्गलबार विहान मौसम सफा भएर घाम लागेपछि विमानस्थलमा जमेको हिउँ पन्छाएर सकिए लगतै उडान भएको प्रमुख सिंहले बताउनुभयो ।
विमानस्थलको पार्किङस्थलमा जमेको केही हिउँ आफै पग्लिएर गएपनि रन-वेमा जमेको बाँकी हिउँ सुरक्षाकर्मीको सहयोगमा पन्छाइएको हो । जिल्लामा हिमपात हुँदा सोमबार एकदिन हवाई सेवा अवरुद्ध भएको छ ।
मङ्गलबार नेपालगञ्जबाट सीता र तारा एयरले आफ्नो एक-एक फ्लाइट उडान गरेका छन् । सीता एयरले नेपालगञ्ज र सुर्खेत एक-एक गरी दुई फ्लाइट उडान गरेको सीता सिमकोट स्टेशनका सूर्य लामाले बताउनुभयो ।
जहाजले नेपालगञ्ज, सुर्खेतबाट यात्रु ल्याएका थिए भने हुम्लाबाट जिल्ला बाहिर यात्रु ओसारेको लामाले बताउनुभयो ।
हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच