म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क शिक्षा उपलव्ध गराउने उद्धेश्यले स्थापना गर्न लागेको अक्षयकोषका लागि एक महिनाको अवधीमा करिव रु ७४ लाख संकलन भएको छ ।
गत कार्तिक १७ गते शिक्षालयले स्थापनाको घोषणा गरेको किसानी सञ्जीवनी अक्षयकोषमा एक महिनाको अवधीमा स्वदेश तथा विदेशबाट गरी कुल रु७३ लाख ६७ हजार पाँचसय ७२ संकलन भएको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिनुभयो ।
२०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए पढाइ सुरु गरेको यस शिक्षालयमा २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ कर्णाली प्रदेशदेखि बागमती प्रदेशसम्मका गरी २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका प्राचार्य गर्बुजाको भनाइरहेको छ ।
शिक्षालयले रु दुई करोडको अक्षयकोष स्थापना गर्न लागेको उहाँले बताउनुभयो । “गत तिहारमा गाउँमा नै देउसी भौले खेलेर रु४० लाख संकलन भयो । त्यसका साथै देशका विभिन्न ठाउँ र विदेशमा रहेका विमवासीहरुले स्वतस्फुर्त रुपमा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्नुभयो” प्राचार्य गर्बुजाले भन्नुभयो “आफ्नो गाउँमा संचालित शिक्षालयका लागि विमवासीहरुको सहयोग उदाहरणीय छ । यस सहयोगले हामीहरु थप उत्साहित भएका छौँ ।”
विमबाट रोजगारी,व्यवसाय वा अन्य कामका लागि संसारका विभिन्न मुलुकमा जानुभएका विमालीहरुले विदेशमा समेत अक्षयकोषका लागि सहयोग अभियान संचालन गर्नुभएको र सहयोग आउने क्रम जारी रहेको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले जानकारी दिनुभयो ।
पछिल्लो समय बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) विषयको अध्ययनका लागि यहाँ आउने विद्यार्थीहरुको संख्या बढ्दै गएको शिक्षालयले जनाएको छ ।
किसानका खेतबारी र घरगोठमा नै विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा अध्ययन गराउन थालेपछि यहाँ देशभरबाट विद्यार्थीहरु पढ्न आउन थालेका छन् । हाल यहाँ करिव दुईसय जना विद्यार्थीहरुले कृषि र भेटेरिनरी सम्वन्धि प्राविधिक शिक्षा अध्ययन गरिरहेका प्राचार्य गर्बुजाले बताउनुभयो ।
यहाँबाट उत्पादित जनशक्ति रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका उहाँको भनाइरहेको छ । विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री समेत गर्ने गरिएको प्राचार्य गर्बुजाले जानकराी दिनुभयो । अक्षयकोष स्थापना अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत विद्यालयले अपिल गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच