काठमाडौं । नेपाल र हङकङ यू-१९ टोलीबीच अर्को महिना एकदिवसीय शृंखला हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार शृंखला पुस १, ३ र ५ गते मूलपानी क्रिकेट मैदानमा हुने छ । क्यानले शृंखलाका लागि आकाश त्रिपाठीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
यू-१९ एसिया कप खेलको टोलीबाट हेमन्त धामी, उत्तम थापा मगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल, युनिशव्रिकम सिंह ठकुरी, युवराज खत्री, विपिनकुमार महतो र अभिषेक तिवारीलाई विश्राम दिइएको छ । यस्तै सूर्यान्शु कोइराला, सिब्रिन श्रेष्ठ, दयानन्द मण्डल, सौजनप्रसाद घिमिरे, दीपक चिराल, अर्फुदिन राइम, निरजकुमार यादव, राजेश बोहरा र सोहेल कुँवरले मौका पाउनुभएको छ ।
नेपाली टोलीमा आकाश त्रिपाठी (कप्तान), सोहेल कुँवर, सूर्यान्शु कोइराला, सन्तोष यादव, निरजकुमार यादव, रोशन विश्वकर्मा, नरेन भट्ट, अर्फुदिन राइम, दयानन्द मण्डल, अपराजित पौडेल, राजेश बोहरा, दिल्सद अली, सौजनप्रसाद घिमिरे, सिब्रिन श्रेष्ठ र दीपक चिराल हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच