काठमाडौं । चलचित्र ‘सोल्टिनी’ निर्माण हुने भएको छ । सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्रको घोषणा भिडियोमा कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उहाँले भन्नुभएको छ, ‘मानिसबाट मानिसलाई हुने छि छि दूरदूर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।’ यसबाट चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यसविरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने संकेत गरेको छ ।
चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भन्नुभएको छ, ‘सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।’
अभिनेत्री लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउँदै भन्नुभएको छ, ‘सोल्टी, म तपाईंलाई एकदमै माया गर्छु, यति धेरै की तपाईंले सोच्न पनि सक्नुहुन्न । तर, हामी एक हुन सक्दैनौं । यी संवादले यस चलचित्रमा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ ।
अर्जुन सुवेदीको निर्देशन रहने यो चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ । पृष्ठभूमिमा चलचित्रको थिम गीतले भावनात्मक स्पर्श थपेको छ ।
प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रले पुस १५ बाट छायांकन सुरु गर्ने तयारी गरेको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ । चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच