काठमाडौं । साहित्यकार एवं गीतकार गीता खत्रीको गीति एल्बम ‘यात्री’मा समावेश गीत ‘भरोसा छैन जीवनको’ भिडियो सार्बजनिक गरिएको छ । गीतकार खत्रीकै स्वर, हरि लम्सालको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रतीक प्रसन्नको निर्देशन रहेको गीतको भिडियोमा गीतकार खत्रीका साथै कमलबहादुर खड्का, मखमली खड्का, जेसिका सिजापति, वेदमणि अधिकारीलगायतले अभिनय गर्नुभएको छ । भिडियो पारिवारिक वातावरणमा बनेको छ ।
अकोष्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ छ । जयन्द्र कुँवरको छायांकन रहेको गीतको भिडियोमा रणधीर श्रेष्ठको सम्पादन र श्याम केसीको निर्माण नियन्त्रण छ । भिडियो भकारी एमडीसीको युट्युब च्यानल वेष्ट टोन म्युजिकमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच