
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औँ महाधिवेशनले कैलाश खड्काको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मतरूपमा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव निलाम्बर झा र कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन् ।
सदस्यमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, बेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन् । महाधिवेशन उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गुणस्तरीय स्वास्थ्य परीक्षणलाई सुनिश्चित गर्दै श्रमिकको स्वास्थ्य विवरणलाई डिजिटलाइज गर्ने योजनामा सरकार रहेको बताउनुभयो ।
सरकारबाट सूचीकृत भएका स्वास्थ्य संस्थालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार स्तरीकृत गरी सबै देशका लागि एकरूपता बनाउन एकद्वार प्रणाली बनाइने उहाँले जानकारी गराउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिटसम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको भन्दै महासंघ सदस्य बनेका सबै स्वास्थ्य संस्थाले अन्तर्राष्ट्रियस्तरको मापदण्डलाई पूर्णरूपमा अनुशरण गर्दै आएको दाबी गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच