काठमाडौं । फोटोन नेपालले आफ्नो क्रान्तिकारी माउन्टेन इभी भ्यानको पोखरामा शुभारम्भ गरेको छ । विशेषगरी नेपालको चुनौतीपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको माउन्टेन इभी भ्यानमा ५३.५८ केडब्लुुएच ब्याट्री रहेको छ, जसले तीन सय किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । एक सय ३० केएचडब्लुको चरम शक्ति र तीन सय ३० एनएमको अधिकतम टर्कसँगै यो इभी भिरालो पहाडमा पनि सजिलैसँग गुड्ने बनाइएको हो ।
फोटोन नेपालले ग्राहकलाई माउन्टेन इभीको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्दै तीनदिने विशेष टेस्ट ड्राइभ अनुभवसमेत प्रदान गर्दै छ । टेस्ट ड्राइभ १३ डिसेम्बरसम्म फोटोन शोरुम बुद्धचोक पोखरामा हुने बताइएको छ । कम्पनीका अनुसार माउन्टेन इभी भ्यान पोखराका विद्यालय, सरकारी तथा निजी कार्यालयका लागि उपयुक्त छ ।
माउन्टेन इभी भ्यानमा १४-१६ फराकिलो भित्री भाग र विलासी डिजाइन छ, जसले दैनिक यात्रा र लामो दूरीको यात्राका लागि आराम र दक्षता प्रदान गर्छ । एमएडब्लु वृद्धिका प्रतिनिधि विवेक सिकरियाले भन्नुभयो, ‘देशको विविधतायुक्त र चुनौतीपूर्ण सडक अवस्था सम्हाल्न सक्ने वातावरणमैत्री र शक्तिशाली विकल्प प्रदान गर्दै फोटोन माउन्टेन इभी भ्यान नेपालको यातायात क्षेत्रलाई साँच्चै नै रूपान्तरण गर्न तयार छ ।’
एमएडब्लु वृद्धि ग्रुपका सिइओ तुषार गुप्ताले भन्नुभयो, ‘चीनमा १९ वर्षदेखि अग्रणी ब्राण्डका रूपमा रहेको एवं भारत र दक्षिण अमेरिकामा बलियो बजार उपस्थिति भएको फोटोनले आफ्नो अतुलनीय इभी विशेषज्ञता नेपालमा ल्याइरहेको छ । यसले स्थानीय आवश्यकताका लागि आफ्नो उत्पादनलाई अनुकूलन गरेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच