काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोरख शमशेर राणा नियुक्त हुनु्भएको छ । बैंक सञ्चालक समिति बैठकले राणालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणा स्ट्याण्डर्ड बैंकको सिइओ बन्ने पहिलो नेपाली नागरिक हुनुहन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत विदेशी बैंकको सेयर स्वामित्व छ ।
सन् १९८७ मा सञ्चालनमा आएको बैंकले विदेशी नागरिकलाई नै सिइओ बनाउँदै आएकोमा यसपटक नेपाली नागरिकलाई नै सिइओ बनाएको हो । तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गर्नुभएका राणा ग्रिनलेज बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले किनेपछि पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमै काम गर्दै आउनुभएको थियो । यसअघि उहाँ बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(डिसिइओ)मा कार्यरत हुनुहुन्थ्यो । तीन दशक बढी बैंकिङ अनुभव रहेका राणाले एमबिए गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच