सशस्त्र प्रहरी बल ज्वालामाई दाङका तत्कालीन प्रनि छविलाल कुँवरमाथी भ्रष्टाचारको मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण हे.क्वा. ज्वालामाई दाङका तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरमाथी शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेकोले निजलाई भ्रष्टाचारको कसुरमा सजायको लागि आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभयो ।

प्रेस विज्ञप्ति हेर्नुहाेस्

सशस्त्र प्रहरी बल, नेपाल नं. 29 गण हे.क्वा. ज्वालामाई दाङबाट राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुन भन्ने समेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज छविलाल कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०17 को दफा १2, दफा 29(2) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविकको भ्रष्टाचार निवारण ऐन, २०17 को दफा १2, दफा 29(2) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?