प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन

हिमालय टाइम्स
KP Oli Panchthar

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गर्नुभएको हो । यस क्रममा उहाँले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनुभयो । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका लागि देवीघाटमा भिक्षुहरूको प्रार्थना राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी प्राकृतिक विपद्का कमजोरीबारे निष्पक्ष बहस हुनुपर्छ : गगन थापा सुम्निमा बहुप्राविधिक शिक्षालय र डिभिजन वन कार्यालयबीच वन नर्सरी साझेदारी सभापति थापा र नेता डा. कोइरालाबीच भेटवार्ता, पार्टी एकताबारे छलफल देवीघाटको ताँदी नदीमा बेलीब्रिज जडान सुरु ‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः अर्जुननरसिंह केसी मकवानपुरमा मादक पदार्थ सेवनपछि कुटपिट, घर तोडफोड र मोटरसाइकलमा आगजनी भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई राहतसँगै करुणा र कानूनी सहजता चाहिन्छ :…