काठमाडाैं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई जारी छ ।
बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको हो । सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदुत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रश्तावित राजदुतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । उहाँले साथै प्रस्तावित राजदुत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताउनु भयो ।
नेपालको संविधानबमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाई सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर