काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।
उहाँलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइएको हो ।
उहाँलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केहीबेर विमानस्थलमा राखेर पोखरा लगिएको हो ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रकम अपचलन गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं पठाएको पर्साका प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिनुभयाे।
बयानका लागि लामिछानेको मंगलबार पर्सा जिल्ला अदालतस्थित सरकारी वकिलको कार्यालयमा झण्डै ४ घण्टा बयान लिइएको थियाे ।
सहकारीको रकम हिनामिना प्रकरणमा कार्तिक २ गतेदखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकमपनि हिनामिना गरेको आरोपमाा अनुसन्धानका लागि सोमबार साँझ वीरगन्ज लगिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच