कैलाली । हास्य कलाकार हिक्मत महराको निधन भएको छ । उहाँको मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका ३० वर्षीय महरा स्ट्याण्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर्ष चारमा पुग्नुभएको थियो । महराले चलाएको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका-४ मा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सु.प.प्र.०१-००१ क २०६० नम्बरको रोकेर राखेको ट्रक देखेर महराले चलाएको म२प ९११७ नम्बरको मोटरसाइकलको एक्कासि ब्रेक लगाउँदा मोटरसाइकल पल्टिएको थियो ।
गम्भीर घाइते महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा मंगलबार राति उहाँको निधन भएको हो । थप अनुसन्धानका लागि ट्रक चालक धनगढी उपमहानगरपालिका-४ बोराडाडीका ५४ वर्षीय नन्दसिंह बोहरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गर्नुभएका हिक्मतले विद्यार्थी हुँदै गर्दा कमेडी देखाउँदै आउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच