काठमाडौंं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ ।
मस्र्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा निर्माण भएका एवं निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाले उदीपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन खण्डको सब कन्ट्र्याक लिएर निर्माण अघि बढाइएका छन् । उक्त खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
उदीपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब कन्ट्र्याक्ट्ररबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले आफैं सब-कन्ट्र्याक लिएर निर्माण अघि बढाएका हुन् । जसमा मस्र्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा जलविद्युत् निर्माण गरी सञ्चालनमा रहेका सात र निर्माणाधीन सात गरी १४ जलविद्युत् आयोजनाको सहभागिता छ । उदीपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त नदी र खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको वर्षायामको विद्युत् पूर्णरूपमा राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने अवस्था छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार तनहुँ र चितवनमा निर्माणाधीन प्रसारण लाइनको अनुगमन गरी आगामी जेठभित्र काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनुभयो ।
उहाँले मस्र्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा वर्षायाममा उत्पादित विद्युत् प्रवाहका लागि उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड महत्वपूर्ण रहेकाले जनशक्ति थप गरी निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।
प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उहाँले निर्देशन दिनुभयो ।
प्राधिकरणका अनुसार उदीपुर-मार्कीचोक ४० किलोमिटर प्रसारण लाइन खण्डमा एक सय १६ वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ९० वटा टावरको जग हालिएको छ । मार्कीचोक-भरतपुर २८ किलोमिटर प्रसारण लाइन खण्डमा ८३ टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ३८ टावरको जग हालिएको छ भने छ ठाउँमा काम भइरहेको छ । टावर पाटर््स, कन्डक्टर(तार)लगायतका सम्पूर्ण उपकरण तथा निर्माण सामग्री आपूर्ति भइसकेको छ ।
उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्ने छ । त्यहाँ रहेका १० हजार दुर्ई सय २५ रुख कटान गर्नुपर्ने छ । आयोजना प्रमुख नारायण रेग्मीले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृति सम्पूर्ण प्रक्रिया पूरा गरी केही ठाउँमा कटान सुरु भइसकेको बताउनुभयो । टावर प्याडका लागि निजी जग्गा अधिग्रहण भइसकेको र मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अघि बढिसकेको उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रका ऊर्जा उत्पादकतर्फबाट निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले प्रसारण लाइन समयमा नबनेमा राज्यलाई नै ठूलो नोक्सानी हुने देखिएपछि मस्र्याङ्दी र त्रिशूली नदी करिडोरका जलविद्युत् प्रवद्र्धकको अग्रसरता एवं सहमतिमा सब-कन्ट्र्याक लिएर निर्माण सुरु गरिएको बताउनुभयो ।
कार्कीले प्रसारण लाइन सकिएपछि ती नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाको हाल कायम रहेको वैकल्पिक व्यवस्थालाई चालु आर्थिक वर्ष २०८१/८२ भित्र अन्त्य गर्ने प्राधिकरणसँग सहमति भएको उल्लेख गर्नुभयो । प्रसारण लाइन निर्माण कार्यसम्पादन अनुगमन एवं सरोकारवालासँग समन्वय गर्न प्रवद्र्धनतर्फबाट पाँच सदस्यीय अनुगमन समिति बनाइएको छ ।
मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत दुई सय २० केभीका चारवटा सबस्टेसनमध्ये उदीपुर र नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । लमजुङको खुदी सबस्टेसन निर्माणको अन्तिम चरणमा छ भने मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छ ।
मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार तीन सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच