कालीकोट । मङ्सिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै गर्दा कालीकोटमा भने दुई बलिया प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । मंसिर २८ गते हुने चुनावका लागि केन्द्रदेखि प्रदेश र जिल्लास्तरसम्म अलगअलग समूह चुनावी मैदानमा उत्रिएका छन्।
कालीकोटमा पनि केन्द्रमा जस्तै सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनको साझा प्यानल (निर्मला शर्मा नेतृत्वको) एक पक्ष छ । अर्कोतर्फ माओवादी केन्द्र निकट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन र अन्य वामपन्थी संगठनहरूको समर्थनमा (रमेश विष्ट नेतृत्वमा) अर्को प्यानल खडा भएको छ ।
निर्मला शर्मा नेतृत्वको प्यानलबाट जिल्ला कार्यसमितिका लागि भरतराज बिष्ट नेतृत्वको प्यानल र प्रेस सेन्टरका रत्न बहादुर कार्की प्रतिस्पर्धी छन् । तर समाजवादी प्रेस संगठनबाट अनन्त बरालको पनि उम्मेदवारी परेको छ ।
शर्मा प्यानलका उम्मेदवारहरू उपाध्यक्ष पुष्पराज भट्टराई, उपाध्यक्ष (महिला) पवित्रा कुमारी जैसी, सचिव रमेशकुमार बोगटी, कोषाध्यक्ष बिश्वनाथ सिम्खडा, समावेशी सहसचिव ललित मगर (बैजाली) र सहसचिव दलसिंह कुमालले मनोनय दर्ता गरेका छन् ।
यस्तै, कार्की प्यानलका उम्मेदवारहरुमा उपाध्यक्ष ९खुल्ला० कमलबहादुर बुढा, उपाध्यक्ष (महिला) प्रिमा कुमारी बिक, राधिका बराल, सहसचिव समावेशी कमल कुमाल, सचिव पूर्णसिंह बम, सहसचिव करबीरे बिक र कोषाध्यक्षमा बीरेन्द्र आचार्य रहेका छन् ।
यसैगरी दलित सदस्यमा प्रेस चौतारी र युनियनको संयुक्त व्यावसायिक प्यानलबाट मान बहादुर विश्वकर्मा र वामपन्थी संगठनको तर्फबाट बिनित कुमार तिरुवाको उम्मेदवारी छ ।
चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया बुधलबार साँझ सम्पन्न भएको थियो । दुई प्यानलबीचको यो प्रतिस्पर्धा कालीकोटको पत्रकारिताको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण घडीको रूपमा हेरिएको छ ।
समर्थन जुटाउन उम्मेदवारहरू आ–आफ्नो रणनीतिमा सक्रिय छन् । अब मतदाताको अभिमतले नै जिल्ला नेतृत्वमा को विजयी हुन्छ भन्ने निर्धारण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच