चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-२ बेलडाँडी घर भएका ५६ वर्षीय अरूण भन्ने रामभक्त श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित चाइनिज इन्टरप्राइजेज इन्कुवेशन सेन्टर प्रालिबाट गत साउन ८ गते नगद ९ लाख ९० हजार रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवन भरतपुर महानगरपालिका-१ आँपटारीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?