रुपन्देही । एसियाली विकास बैक (एडीबी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको सयुक्त लगानीमा संचालन हुन लागेको युआरएलआईपी योजना अन्तरगतका विभिन्न सहरी सडक निर्माणका लागि संझौता भएको छ ।
एक अर्व अठार करोडको लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी ईकेके इन्फ्रास्टक्चर लिमिटेड भारतबिच सम्झौता भएको हो ।
सम्झौता पश्चात कार्यदेश पाएको ९ सय दिन भित्र निमार्ण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्नेछ । यो योजना अन्तरगत नाला, फुटपाथ, सेफ्टी रेलीङ्ग, खानेपानी, बिजुली, स्टेट, सडक कालोपत्रे, आरसीसी ढलानलगायतका काम हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले जानकारी गराउनु भयो । उहाँले यो योजनालाई नगरको गौरवको आयोजनाको रुपमा लिईएको र समयमै सम्पन्न गर्नको लागी निमार्ण कम्पनीलाई आग्रह समेत गर्नु भयो।
एडीबीको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ प्रतिशत नगरपालिकाको आन्तरीक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका इन्जिनीयर साकार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार यसअघि एडीबीका आईयूडीपी र आरयूडीपीका योजना सफलता पुर्वक सम्पन्न गरे पश्चात नगरपालिकाले यो तेस्रो चरणको योजना सुरु गरेको हो ।
अघिल्ला दुई योजनाको उत्कृष्ट ब्यबस्थापन गरे वापत नगरपालिका पुरस्कृत समेत भएको थियो । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरपालिकाको अथक प्रयासले गर्दा अन्य पालिकामा भन्दा यहाँ ठेक्का प्रक्रिया छिटो भएर योजना लागु चरणमा पुगेको उल्लेख गर्दै निर्माणको क्रममा पनि नगरपालिकाले पुर्ण रुपमा सहजीकरण गर्ने बताउनु भयो । एडीबीको ऋण लगानीमा हुने युआरएलआईपी योजना रुपन्देहीका सिद्धार्थनगर सहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि आएको छ । तर ति पालीकाहरूमा यो योजना अहिले अध्ययनकै क्रममा छ । भने सिद्धार्थनगरमा ठेक्का सम्झौतासम्मको चरणमा आएको हो ।
यो योजना अन्तरगत बिभिन्न २७ बटा सडक तर्फ साढे तेहीस किलोमिटर बढी लम्वाईका सडक निमार्ण हुने छ । सडक तर्फ खासगरी सुगर मिल, सुकुनी पथदेखि डण्डा कोरिडोर जाने सडक, भिमकाली पथ, दुर्गा कोलीनीका भित्री सडकहरु निर्माण हुने छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौता पश्चात एक दुई महीना भित्रमा नै यो योजना कार्यान्वयनको चरणमा जाने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच