![अदालतको विषयमा प्रष्ट पार्न एनओसीलाई आइओसीको पत्र](https://ehimalayatimes.com/wp-content/uploads/2024/12/Jivan-Ram-Shrestha.jpg)
लुम्बिनी । रूपन्देही क्रिकेटले सात खेलाडीलाई तलब दिने भएको छ । रूपन्देही जिल्ला क्रिकेट संघले गत वर्ष खेलाडी कल्याणकारी कोष स्थापना गरेको थियो । सोही कोषमार्फत् आव २०८१/०८२ का लागि मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने गरी सात खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो ।
क्रिकेटमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्न यस्तो सुविधा दिन लागिएको उहाँको भनाइ छ । उहाँका अनुसार मासिक सुविधा पाउने खेलाडीमा सिनियरतर्फ दुई, यू-१९ तर्फ दुई र महिला खेलाडीतर्फ तीनजना छन् ।
संघका अनुसार चालु आवमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक पाँच हजार सुविधा पाउनुभएको छ । १९ वर्षमुनि सन्तोष यादव र रमेश कुर्मी हुनुहुन्छ भने महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एन्जिला पाठक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच