काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई पराजित गरेको छ । ३०औँ महानगर दिवसका अवसरमा बिहीबार सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा प्रमुख ११ र प्रमुख प्रशासकीय ११ को भिडन्त भएको हो । खेलमा प्रमुख ११ को टिमले पाँच गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले दुई गोल गरेको थियो ।
जनप्रतिनिधिको नेतृत्व मेयर बालेनले र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गर्नुभएको थियो । उहाँहरू दुवैले ६० मिनेटको पूरा अवधि खेल्नुभएको थियो । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गराउनुभएको थियो ।
प्रमुख ११ का तर्फबाट महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले एक गोल, सन्तोष ढुंगेलले दुई गोल, नवीन भण्डारीले एक गोल र विनय शाक्यले एक गोल गर्नुभएको थियो । खेलको दोस्रो हाफमा बालेनले पेनाल्टीबाट गोल गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले दुई गोल गर्नुभएको थियो ।
महानगर दिवसका अवसरमा आज (शुक्रबार) परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
मंसिर २९ गते शनिबार बिहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुने छ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुने जनाइएको छ । त्यसै अवसरमा विभिन्न क्षेत्रगतरूपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सम्मान कार्यक्रम हुने छ ।
९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरूको स्टल, एक वडा एक नमुना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुने छ । दिउँसो ३ बजेदेखि ब्याण्ड तथा कलाकारहरूको सांगीतिक प्रस्तुति हुने कार्यतालिका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच