काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले गरेको आक्रमणको निन्दा गरेको छ । राजधानी काबुलस्थित गृह मन्त्रालयको कार्यालयमा बुधबार अपराहृन भएको आत्मघाती बम विस्फोटमा परी शरणार्थी तथा स्वदेश फिर्तीमन्त्री खलिल योर रहमान हक्कानीको मृत्यु भएको थियो ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युएनएएमए)ले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै भनेको छ, ‘स्थिरताको खोजीमा आतंकवादका लागि कुनै स्थान हुन सक्दैन ।’ कतार, साउदी अरब, पाकिस्तान र इरानसहित युरोपेली संघ र अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनले पनि आक्रमणको निन्दा गरेको छ । संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघको प्रतिबन्धको सूचीमा रहेका हक्कानी तालिवानको दुई दशक लामो विद्रोहका क्रममा भएका केही हिंसात्मक आक्रमणका लागि जिम्मेवार हक्कानी नेटवर्कका संस्थापक जलालुद्दिन हक्कानीका भाइ हुनुहुन्थ्यो । उहाँ वर्तमान गृहमन्त्री सिराजुद्दिन हक्कानीका काका पनि हुनुहुन्छ ।
इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ र एक आक्रमणकारीले मन्त्रालयभित्र आत्मघाती आक्रमण गराएको बताएको छ । सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि कुनै मन्त्रीलाई लक्षित गरी गरिएको यो पहिलो आक्रमण हो । अफगानिस्तानमा सन् २०२१ मा तालिवान सेनाले कब्जा जमाएपछि अमेरिकी नेतृत्वको नेटो गठबन्धन सेनाविरुद्धको युद्ध अन्त्य भएपछि हिंसात्मक घटनामा कमी आएको छ । यद्यपि, इस्लामिक स्टेट खोरासानको नामले चिनिने आइएसको क्षेत्रीय शाखा अफगानिस्तानमा सक्रिय छ र यसले नियमित रूपमा सर्वसाधारण, विदेशी र तालिवान अधिकारीलाई बन्दुक र बम आक्रमणबाट निशाना बनाउँदै आएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच