भियना । संयुक्त राष्ट्रसंघ एजेन्सीले सन् २०१९ को तुलनामा सन् २०२२ मा विश्वव्यापी रूपमा मानव बेचबिखनबाट पीडित हुनेहरूको संख्या २५ प्रतिशतले वृद्धि भएको प्रक्षेपण गरेको छ । संयुक्त राष्ट्र संघ लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी)द्वारा प्रकाशित मानव बेचबिखनसम्बन्धी सन् २०२४ ग्लोबल रिपोर्टले गरिबी, द्वन्द्व र जलवायु प्रकोप जस्ता कारकलाई श्रेय दिएको छ, जसले शोषणको जोखिमलाई बढाएको छ ।
विश्वव्यापी रूपमा जबरजस्ती श्रमको लागि बेचबिखन गरिएका पीडितहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । प्रतिवेदनका अनुसार बाल पीडितको संख्या ३१ प्रतिशतले बढेको छ भने बेचबिखनमा परेका बालिकाको संख्या ३८ प्रतिशतले बढेको छ ।
१५६ देशको तथ्यांकको विश्लेषण गरेको प्रतिवेदनले सन् २०२२ मा विश्वव्यापी रूपमा बेचबिखनमा परेकामध्ये ६१ प्रतिशत महिला तथा बालिका रहेको खुलासा गरेको छ । ६० प्रतिशत पीडित यौन शोषणका लागि बेचबिखन भएका थिए ।
यूएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले फौजदारी न्यायका उपायहरूलाई बलियो बनाउन, पीडितलाई उद्धार गर्न, सीमापार सहयोग अभिवृद्धि गर्न र बचेकालाई सहयोग बढाउन आहृवान गर्नुभएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच