काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । सार्वजनिक जुरी टिममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्थाले गराएको छ । अभिनयका बादशाह भनेर चिनिने निर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’ को छनोट गर्नुहुने छ ।
डिजिटल अडिसनमार्फत हालसम्म कलाकार बन्न चाहने हजारभन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जनाएको छ । डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिलाई उनीहरूकै गाउँठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गर्ने निर्माण टिमले बतायो ।
अभिनय कला प्रष्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन विशाल भण्डारीले गर्नेछन् । यो शो एपिवान टिभीमार्फत प्रशारण हुनेछ । ‘एक्टिङ स्टार’को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशिसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच