काठमाडौं । चलचित्र ‘माग्ने राजा’ बन्ने भएको छ । केदार घिमिरेको मुख्य भूमिका रहेको चलचित्र निर्माणको घोषणा गरिएको हो । फागुन १ गतेबाट छायांकन सुरु हुने चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्दै हुनुहुन्छ ।
चलचित्रमा वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा रहने बताइएको छ । अन्य कलाकार भने फाइनल हुन बाँकी छ । दयाहाङ राई, आर्यन सिक्देल, प्रदीप खड्कालगायतसँग निर्माणपक्षले कुरा गरिरहेको जनाइएको छ ।
सामिप्यराज तिमिल्सिनाको कथा तथा पटकथा रहेको चलचित्रको निर्माता मुनाल घिमिरे हुनुहुन्छ । चलचित्रलाई नरेन्द मैनालीले छायांकन गर्नुहुनेछ ।
यो चलचित्रबाट निर्देशक लामिछानेले आठ वर्षपछि कमब्याक गर्न लाग्नुभएको हो । ऋषिले यसअघि निर्देशन गरेको चलचित्र ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उहाँले ‘हवल्दार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले विछोड’लगायत चलचित्र निर्देशन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच