काठमाडौं । भारतको लोकप्रिय ओटीटी प्लेटफर्म जी नेटवर्क (जी फाइभ)ले चलचित्र ‘ह्रस्व दीर्घ’ को ओटीटी राइट्स खरिद गरेको छ । अभिनेत्री तथा निर्मात्री निता ढुंगाना, अभिनेता हरिहर अधिकारी तथा निर्देशक चन्द्र पन्तले आफ्नो सपना पूरा भएको भन्दै उक्त जानकारी दिनुभएको हो ।
बुधबार राति एकै साथ सामाजिक सञ्जालमा एउटा पोष्टमार्फत उहाँहरूले जुन उद्देश्यले आफ्नो समूहले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाइएको थियो, त्यो उद्देश्य पूरा भएको बताउनुभएको छ । निता, हरिहर र चन्द्रको नेपाली चलचित्रलाई विश्व बजारमा फैलाउने उद्देश्य पूरा भएको जानकारी गराउनुभएको हो । अभिनेत्री ढुंगानाका अनुसार जी फाइवले ओटीटी राइट खरिद गरेको ‘ह्रस्व दीर्घ’ नै पहिलो नेपाली चलचित्र हो । जी फाइभले यो चलचित्रको नेपाली तथा दक्षिण भारतीय भाषाबाहेक हिन्दीसहित अन्य सबै भाषाको ओटीटी राइट्स खरिद गरेको हो ।
अभिनेत्री ढुंगानाले आफ्नो यो सफतलामा साथ दिने सम्पूर्ण सहयात्रीलाई धन्यवाद दिँदै नेपाली दर्शकले दिएको आशीर्वाद खेर नभएको भन्दै कोटि कोटि धन्यवाद भन्नुभएको छ । गत कात्तिक ३० गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले नेपालमा प्रदर्शनको करिब तीन सातामा झण्डै ११ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।
चलचित्रमा निता र हरिहर मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूलाई विपना थापा, किरण केसी, रविन्द्र झा, सरोज खनाल, रेखा थापा, गजित विष्टसहितका नेपाली कलाकार तथा प्रदीप रावत, ब्रहृमानन्दमसहितका भारतीय कलाकारले साथ दिनुभएको छ । नेपालमा राम्रो व्यवसाय गर्न सफल भएको यो चलचित्र अहिले पनि विदेशका विभिन्न देशमा प्रदर्शन भइरहेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच