काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा हल्ट प्राइज एट शंकरदेव क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन निमित्त क्याम्पस प्रमुख जोगेन्द्र गोहितले गर्नुुभएको थियो ।
सो अवसरमा क्याम्पस निर्देशक सृष्टि न्यौपाने, हल्ट प्राइज नेपालका नेसनल कोअर्डिनेटर सुवी काफ्ले र नेसनल कम्युनिटी लिडर गरिमा श्रेष्ठलगायतले हल्ट प्राइज नेपालका गतिविधि र आगामी प्रतियोगिताबारे जानकारी दिँदै विद्यार्थीले आफ्नो सामाजिक उद्यमशीलता यात्रामा कसरी अघि बढ्न सक्नेछन् भन्ने विषयमा चर्चा गरेका थिए ।
निमित्त क्याम्पस प्रमुख गोहितले कार्यक्रमहरूले विद्यार्थीमा उत्साह सञ्चार गर्ने र भविष्यमा लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो । स्ववियु सभापति सुशान्त बस्नेतले पनि विद्यार्थीलाई आगामी दिनमा यस्ता कार्यक्रमबाट फाइदा लिन प्रोत्साहित गर्नुभएको थियो ।
सो अवसरमा विप्लव कार्की, अजितबहादुर शाह, आभूषण ज्योति कंसाकार र विनायक कुईकेललगायतको उपस्थिति रहेको थियो । करिब तीन सय ५० विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच