काठमाडौं । प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्कासन प्रक्रिया अघि बढाउन प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गर्नुभएको हो । प्रभु हाइड्रो इन्भेष्टमेन्टले ९८ करोड रुपैयाँ सेयर पुँजी बराबरको ५० रुपैयाँ अंकित दरका एक करोड ९६ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ । कम्पनीको दुई अर्ब पाँच करोड अधिकृत पुँजी रहेको छ भने जारी पुँजी दुई अर्ब रहेको छ । कम्पनीको हाल एक अर्ब दुई करोड संस्थापक समूहको चुक्ता पुँजी छ ।
कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दै आइरहेको छ । प्रभु हाइड्रो इन्भेष्टमेन्टमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्स एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी र हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको मुख्य लगानी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच