काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्र उद्घाटन गरेको छ । ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको नीतिबमोजिम डिजिटल भुक्तानी केन्द्रमार्फत् विभिन्न अनलाइन भुक्तानीसम्बन्धी सेवा प्रवाह गरिने बैंकले जनाएको छ ।
भुक्तानी केन्द्रमार्फत् सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्म प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको आवेदन तथा अध्ययन शुल्क, पिटिई, स्याट, युएसएमएलई, जिआरई, एसिसिए जस्ता कोर्षहरूको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस किसिमको सेवासँगै ग्राहकको नवीनतम भुक्तानीका माध्यम प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहनाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ । यसअघि पनि बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता भएको थियो ।
बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच