काठमाडौं । नेपालस्थित हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सिजी मोटर्सले एक्स्ट्रिम सिरिजका दुर्ई नयाँ बाइक नेपाली बजारमा भित्र्याएको छ । हिरो मोटोकर्पले आफ्नो नवीनतम उत्पादन एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर बिहीबार काठमाडौंमा भव्य कार्यक्रमबीच सार्वजनिक गरेको हो । बहुप्रतिक्षित यी दुवै नयाँ बाइक गोकर्ण फरेस्ट रिसोर्टमा सार्वजनिक गरिएका थिए ।
कम्पनीका अनुसार एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषता र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । नयाँ सिरिजका यी बाइकले नेपाली दुर्ईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ । एक्स्ट्रिममा १२५ आर सिंगल च्यानल एबिएस रहेको छ । जसले सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि प्रदान गर्छ । यस श्रेणीकै सर्वाधिक तीव्र गतिको मोटरसाइकल भएको कम्पनीको जिकिर छ । यसमा सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरका साथै सुदृढ दृश्य तथा यात्रामा सुरक्षार्थ नवप्रवर्तनात्मक प्रविधिसहितको एलइडी हेडलाइट, ब्लुटुथलगायतका सुविधा रहेका छन् ।
कम्पनीका अनुसार एक्स्ट्रिम १६० आरमा श्रेणीकै सर्वाधिक गति क्षमता छ । तीव्र गतिको चाहना राख्नेका लागि विशेषरूपमा डिजाइन गरिएको बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ । जसमा रहेको केवाइबी ब्राण्डको फ्रन्ट युएसडी सस्पेन्सनमार्फत् प्रवाह हुने प्रभावकारी फ्रन्ट ब्रेकिङ प्रणाली व्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्छ भने ब्लुटुथ कनेक्टिभिटीले चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा प्रदान गर्छ ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य तीन लाख ८४ हजार नौ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सिबिएस भेरियन्टको दुई लाख ८९ हजार नौ सय र एबिएस भेरियन्टको तीन लाख ११ हजार नौ सय रुपैयाँ रहेको छ । सार्वजनिक यी दुवै मोडल नवलपरासीस्थित सिजी इन्डष्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कुटरसँगै असेम्बल गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा हिरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भन्नुभयो, ‘नेपालको परिवर्तनशील ग्राहकको आवश्यकता पूरा गर्दै हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य हो । नयाँ एक्स्ट्रिम रेन्जको सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हिरो’ ब्राण्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ । यो नयाँ उत्पादन पोर्टफोलियोले नेपालको नयाँ पुस्ताका राइडरसँग समन्वय स्थापित गर्दै बजारमा उत्साह फैलाउने र देशभर हाम्रो उपस्थिति विस्तार गर्न अझ बढी मद्दत गर्ने छ ।’
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो, ‘नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यी दुवै बाइक नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्णरूपमा मेल खान्छन् । नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनमार्फत् यी मोडलले ग्राहकको यात्रा अनुभव पुनः परिभाषित गर्ने छन् । बहुउपयोगिता, स्टाइलिस शैली र उत्कृष्ट कार्यक्षमतामार्फत् एक्स्ट्रिमले शहरी यात्री तथा एड्भेन्चरप्रेमी दुवैको आवश्यकता सम्बोधन गर्ने छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच