काठमाडौं । पछिल्लो समय देशको आर्थिक अवस्थामा निरन्तर सुधार देखिन थालेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिना अर्थात् कात्तिकसम्म शोधनान्तर बचत बढेर दुई खर्ब पाँच अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ५० अर्ब २४ करोडले मात्रै शोधनान्तर बचतमा थियो । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्म तथ्यांकअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा एक अर्ब ५३ करोडले बचतमा रहेको छ ।
त्यस्तै २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिकमा २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असारमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिकमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ । समीक्षा अवधिमा चालु खाता एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड छ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब छ करोडले बचतमा रहेको छ ।
चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिकमा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब आठ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असारमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिकमा २८.४ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब २० करोड कायम भएको छ । २०८१ कात्तिकको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
चार महिनामा पाँच खर्ब २१ अर्ब रेमिट्यान्स
समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भई पाँच खर्ब २१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ४७ हजार चा य ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार एक सय पाँच रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठसय ४१ थियो ।
चार महिनाको व्यापार घाटा पाँच खर्ब
चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले बढेर ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कम थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ८.४ प्रतिशतले बढेको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १८.३ प्रतिशत र ३.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिनालगायतको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, तयारी पोशाक, जुस, अदुवालगायतको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु आयात ०.२ प्रतिशतले वृद्धि भई पाँच खर्ब १३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.८ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ०.९ र २.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा ५.० प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्ट्सलगायतको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्टस्, विद्युतीय उपकरणलगायतको आयात घटेको छ । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु व्यापार घाटा ०.३ प्रतिशतले घटेर चार खर्ब ६० अर्ब ७२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १०.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत थियो ।
महँगी ५.६० प्रतिशत
२०८१ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.९८ र ४.९९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१९ र शहरी क्षेत्रको ५.३९ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१९, मधेश ५.७२, बागमती ५.३५, गण्डकी ४.६९, लुम्बिनी ५.१०, कर्णाली ३.२१ र सुदूरपश्चिम प्रदेशको ६.५७ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२, तराई ५.७२, पहाड ५.१५ र हिमालको ६.७८ प्रतिशत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच