नमागिएको सल्लाह :
यही महिनाको मध्यमा भएको स्थानीय तह उपनिर्वाचन सकिएको छ । प्राप्त नतिजा संसद्का दुई ठूला दल कांग्रेस र एमालेलाई खुशी दिने किसिमको छैन । दुई ठूला दल मिलेका कारण जनतामा उत्साहको सञ्चार गरेको छ भन्ने बुझाइलाई पनि चुनावी परिणामले अनुमोदन गरेन । माओवादी प्रभाव क्षेत्रमा दुई ठूला दल मिल्दा पनि विजयी बन्न सकेनन् । दुई ठूला दल मिलेर पनि पराजय भोग्नुपरेको मात्र होइन दुवै दलले कसैको वैशाखी नटेकी एक्लाएक्लै चुनाव लड्ने भनी गरेको निर्णयको उल्लंघन भएको अवस्था रहृयो । स्थानीय तहको निर्वाचनको सामान्य पदाधिकारीका लागि भएको सैद्धान्तिक विचलन र पराजयलाई यी दलले पाठको रूपमा लिए कि लिएनन् पछिका घटनाक्रमले बताउँदै जालान् ।
काठमाडौं महानगरपालिका वडा-१६ को नतिजा सन्देशमूलक छ भने मोरङको नतिजा अप्रत्याशित छ । कीर्तिपुरको मेयरमा कांग्रेसले मुश्किलले आफ्नो सिट जोगाउनमात्र सकेको छ । यस उपचुनावमा कांग्रेसले बढी सिट जिते पनि पुराना आफ्नो सिट सुरक्षित गर्न सकेन भने एमालेले पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेन । माओवादीलाई उपचुनावले उत्साहित बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अन्य क्षेत्रमा सफाया भए तापनि काठमाडौं वडा-१६ को ऐतिहासिक चाक्सीबारी क्षेत्रमा विजयी भएको छ । यो आलेखमा गएको स्थानीय तह उपनिर्वाचनबाट प्राप्त परिणामलाई आधार बनाएर चर्चा गरिनेछ ।
सरकार र जनताको खुशी
समग्र परिणाम नियाल्दा मतदाता सरकारसँग खुशी रहेको भन्न सक्ने अवस्था रहेन । प्रमुख प्रतिपक्षी पार्टी माओवादीले नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर जग्गा प्रकरण, ललिता निवास प्रकरणलगायत केही विवादमा चालेको कदमलाई जनताले अनुमोदन गरेको हो कि भन्न सक्ने अवस्था बनेको छ । दुई ठूला पार्टीको शीर्ष नेतृत्वतर्फ अनुसन्धान सोझिएकाले ठूला पार्टी एक ठाउँमा आएको भन्ने माओवादी सरकारबाट हटेपछिको भनाइले जनतामा प्रभाव पारेको भन्न सकिन्छ ।
जनताको प्रश्न छ रविलाईमात्र किन ? नक्कली भुटानी शरणार्थी प्रकरणलगायतको अनुसन्धान किन रोकेको ? यसको भरपर्दो जवाफ सरकरले दिन सकेको छैन । कारबही अघि बढाउँन सम्बन्धित निकाय स्वतन्त्र छन् भन्ने सरकारी मानिसको ओठे जवाफलाई दलीयकरणको शिकार बनेको राज्यसंयन्त्र भएका कारण जनताले पत्याएका छैनन् ।
सरकारसँग जनता रिसाउनु, सरकारले र ठूला पार्टीहरूले निर्णय गर्दा जनताले के सोच्लान् भन्ने नै सोची रैती जस्तो ठानी बलमिच्याइँ गरेका केही घटनाको चर्चा गर्न उपयुक्त हुन्छ । प्रधानमन्त्रीको पार्टी एमालेको पार्टी कार्यालय अतिवृष्टिको कारण क्षतिग्रस्त भएको थियो, त्योभन्दा अगाडिको कार्यालय भूइँचालोले बस्नु नहुने भएको थियो । ठूलो पार्टीको सुहाउने किसिमको कार्यालय हुनुपर्छ यसमा विवाद भएन । कुनै व्यापारीबाट दान दिएको भनी जसरी हतार-हतार उद्घाटन गरियो त्यो विषय सर्वसाधारणलाई मन परेन । एमालेका धेरैजसो कार्यकर्तामा उत्साह छायो होला । तर त्यस पार्टीभित्र पनि मूल्यको राजनीति गर्नेहरूलाई चित्त बुझेन । जसले विरोध गरे उनीहरूलाई कारबाहीको डण्डा प्रयोग गरियो ।
रवि लामिछानेलगायतले जिवी राईलाई अगाडि सारेर मुलुकका प्रमुख शहरमा सहकारी खोलेर रकम संकलन गरेको र त्यस्तो रकमको अपचलन गरेको विषय स्थापित जस्तै भएको छ । यो विषयलाई पछिल्लो समयमा उनैले पनि स्वीकार गरिसकेका छन् । जनताको प्रश्न छ रविलाईमात्र किन ? नक्कली भुटानी शरणार्थी प्रकरणलगायतको अनुसन्धान किन रोकेको ? यसको भरपर्दो जवाफ सरकरले दिन सकेको छैन । कारबही अघि बढाउँन सम्बन्धित निकाय स्वतन्त्र छन् भन्ने सरकारी मानिसको ओठे जवाफलाई दलीयकरणको शिकार बनेको राज्यसंयन्त्र भएका कारण जनताले पत्याएका छैनन् । अनि रवि र उनका मानिसले भन्ने गरेको प्रतिशोध साधेको भन्ने भनाइ पनि बिकाउ बन्न लागेको हो कि भन्ने प्रमाण त काठमाडांै महानगर पालिका वडा-१६ को परिणामले देखाएको छ ।
सरकार कतिसम्म हेपाहा छ भन्ने कुरा त प्रदेशतिरका एक मन्त्रीलाई मानव तस्करीबाट दरपीठ गरी उन्मुक्ति दिने र मन्त्रीले बोकेर लगेका मानिसलाई कारबाही गर्ने निर्णय, उपनिर्वाचनको पूर्वसन्ध्यामा गर्नुबाट बुझ्न सकिन्छ । ग्रामीण मतदातामा यसको प्रभाव पुग्न समय लाग्दछ, त्यस्ता क्षेत्रमा पार्टीको संगठनले पनि काम गर्दछ तर काठमाडौं महानगरलगायत क्षेत्रमा यस्ता घटना प्रत्युत्पादक बन्दछन् । यो घटनाबाट जनता असन्तुष्टमात्र होइन आक्रोशित छन् भन्ने तथ्य बुझ्न केही सार्वजनिक स्थानमा हुने चियागफ सुन्नु नै पर्याप्त छ ।
जनताको जीवनस्तरमा सुधार मृगमरिचीका जस्तो भएको छ । अर्थतन्त्रको बाहृय क्षेत्रमा सुधार भनियो, यसले जनताको दिनचर्यामा केही परिवर्तन आएन । व्याज महँगो भयो, एकल अंकमा ल्याएपछि कर्जाको माग बढ्छ भनियो त्यसो भएपछि पनि कर्जाको माग नबढेका कारण खर्बाैं रुपैयाँ बैंकमा थुप्रिएको छ । कर्जा नगएका कारण लगानी भएन, रोजगारी पनि भएन । वैदेशिक रोजगारमा जानेको लर्को बढ्दो छ । सेवा प्रवाहमा सुधारको विषय यदाकदा भाषणमा उठ्ने गर्छ तर जनता सरकारी कार्यालयमा गएर आएपछि टाउको समाएर सुस्केरा हाल्नुपर्ने अवस्थामा सुधार आएको छैन । सरकारी कार्यालय टेक्नु नपरे हुन्थ्यो भन्ने आममानिसको धारणा कायमै छ । युवा उमेरको रहेछ भने विदेशमा जाने नजाने भन्ने दोमनको रहेछ भने सरकारी कार्यालयको सेवा प्रवाह देखेर पलायन हुने निष्कर्षमा पुग्दछ ।
सत्ताधारी प्रधानमन्त्रीको दल एमालेले उपत्यकाकै मुटु दरबारमार्गमा केही हजार मानिस उतारेर यसै महिना शक्ति प्रदर्शन गर्यो । शहरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो । प्रधानमन्त्रीकै दलले कामकाजी जनतालाई सास्ती दिने गरी गरेको भेला किमार्थ उचित थिएन । यो संवेदनहीनतालाई मतदाताले मन मुटुमा राखेकाले उक्त उपनिर्वाचनमा एमालेलाई जनताले माओवादीभन्दा पछि पु¥याएको भन्न सकिन्छ ।
मतदाताले यो निर्वाचनमा धारणा बनाउन नपाए पनि अर्को निर्वाचनलाई साँचेर राखेको विषय हो, चीनसँग भएको बिआरआई कार्यान्वयन सम्झौतामा समेटिएका दुई बुँदा-डडेल्धुराको अमरगढीमा सभागृह बनाउने, झापामा स्पोर्ट्स एण्ड एथलेटिक्स कम्प्लेक्स बनाउने । सत्ता साझेदार दुई हस्तीको तल्लो स्तरको स्वार्थी सोचलाई मतदाताले आगामी दिनमा व्यक्त गर्न मनको कुनाको डायरीमा टिपोट गरेको हुनुपर्छ । मतदाता चाहन्छ-आदर्शको प्रतीक उच्च नैतिक चरित्रको अनुकरणीय नेता । फेलापर्छ-स्वार्थी र लोभी नेता । अनि समाज र व्यक्तिले के सिक्ने ? यस्ता कृत्यले समाज सही गन्तव्यमा पुग्ला भनी कसरी अपेक्षा गर्ने ?
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री र उनको पार्टीले नमानेता पनि धेरै नेपाली जनताको मनमा उज्यालो नेपालका नायक भन्ने छाप परेको छ । सरकार उनीप्रति धेरै पटक जाइलागिसक्यो । पछिल्लो पटक विवादास्पद ऊर्जामन्त्रीले प्राधिकरणमा अड्डा जमाउने गलत निर्णय लिए । यो निर्णयको पछाडि घिसिङलाई तह लगाउने मानसिकता हो भन्ने आमबुझाइ छ । यद्यपि, मिटिङमा आउँदा बस्न र भेटघाट गर्न अध्यक्षको नाताले कार्यालय खोलेको भन्ने मन्त्रीको भनाइ छ । यस्तै सानातिना र पद अनुकूल नगरिने व्यवहारका कारण त हो जनतामा वितृष्णाले बास गर्ने ।
मतदातामा भविष्यप्रतिको आशा
मानिस वर्तमानबाट असन्तुष्ट भए तापनि भावी दिन राम्रा आउलान् भनेर सुखद् भविष्यको कल्पना गर्दै दुःखका दिन गुजारिरहेको हुन्छ । वर्तमान प्रधानमन्त्री कटु वचनमा सही–जनतासँग सम्वाद त गरिरहेका हुन्छन् । तर डेढ वर्षपछि नेपाली जनताले पाउने भावी नेता हुन्, शेरबहादुर देउवा । वहाँको बारेमा धेरै कुरा नगरीयत्तिमात्र भनौं, अबको दुई वर्षपछिको नेपाली मतदाताको भरोसा वहाँमा रहने छैन ।
प्राविधिक रूपमा बहुमतको प्रधानमन्त्री बन्नुहोला, आगामी चुनावमा वहाँ वा वहाँले समर्थन गरेको मानिसलाई आफ्नो चुनाव क्षेत्रमा चुनाव जिताउन पनि सक्नुहोला तर नेपालको प्रगति र उन्नतिका लागि आशालाग्दो नेता बन्न सक्नुहुन्न, दुई वर्ष पछिको दुई वर्ष पनि यसै खेरजाने अवस्था छ । निर्वाचनमा मतदान गर्ने बेलामा मतदाताको मनमष्तिष्कमा त्यो पार्टीको शीर्षस्थ नेताको तस्वीर घुमिरहेको हुन्छ, नेपाली कांग्रेसले वर्षौंदेखि भोग्दै आएको समस्या गएको उपचुनाव भोगेको छ । कीर्तिपुर नगरलगायतका जितलाई प्राविधिक जितमात्र मान्न सकिन्छ ।
मतदाताको मन
मतदाताको निर्णय पनि दीर्घकालीन रूपमा प्रत्युत्पादक भएका उदाहरण नेपाल र अन्यत्र धेरै छन् । मिर्जा दिल्साद वेग, महम्मद अफताव आलम, दीपक मनाङ्गेहरू पनि जनताबाटै निर्वाचित हुन् । नक्कली नागरिकता काण्डपछि रवि लामिछानेलाई चितवनबाट अत्यधिक मतले जिताउने पनि बुझेका शहरी मतदातै हुन् । विश्वलाई सताउने हिट्लर जननिर्वाचित नै थिए । हालसालै भएको उपनिर्वाचनबाट महान् अमेरिकी नागरिकले इलेक्टोरल र लोकप्रिय दुवै मतबाट डोनाल्ड ट्रम्पलाई निर्वाचित गरेका छन् ।
डेढ वर्षपछि नेपाली जनताले पाउने भावी नेता हुन्, शेरबहादुर देउवा । वहाँको बारेमा धेरै कुरा नगरीयत्तिमात्र भनौं, अबको दुई वर्षपछिको नेपाली मतदाताको भरोसा वहाँमा रहने छैन । प्राविधिक रूपमा बहुमतको प्रधानमन्त्री बन्नुहोला, आगामी चुनावमा वहाँ वा वहाँले समर्थन गरेको मानिसलाई आफ्नो चुनाव क्षेत्रमा चुनाव जिताउन पनि सक्नुहोला तर नेपालको प्रगति र उन्नतिका लागि आशालाग्दो नेता बन्न सक्नुहुन्न ।
नश्लभेदी, आप्रवासीप्रति हिंसक, स्री द्वेषी, अदालतमा तीनदर्जन जति मुद्दा खेपिरहेको, पुँजीपतिको पुँजी वृद्धि गर्नुपर्छ भन्ने मान्यता राख्ने, बोलीको ठेगान नभएको, बाहिरी जगत्सँग के मतलब भनेर विश्व मामिलामा अमेरिकी नेतृत्वलाई कमजोर बनाउन इच्छा राख्ने, विलासी स्वभावका कारण सधैं विवादास्पद व्यक्तिलाई अमेरिकी मतदाताले मन पराउनु विश्वका बौद्धिक चेत भएका मानिसका लागि विश्मयको विषय भएको छ ।
गएको निर्वाचनमा जापानलाई आधुनिक जापान बनाउने श्रेय बोकेको त्यहाँको लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)लाई मतदाताले पूर्ण बहुमत दिएनन् । श्रीलंकालाई वर्षौंदेखि तामिल विद्रोहले पिरोलिरहेको थियो । तत्कालीन राष्ट्रपति महेन्द्र राजापाक्षेले उक्त विद्रोहलाई दमन गरेर शान्ति कायम गरे । त्यसको पुरस्कार स्वरूप विद्रोह दमनपछिको चुनावमा निर्वाचित पनि गराए ।
राजापाक्षे परिवारको कुशासनका कारण मुलुकको आर्थिक अवस्था टाट पल्टियो । हालसालै भएको राष्ट्रपतिको चुनावमा र संसद्को चुनावमा श्रीलंकाको पहिले भएको निर्वाचनमा जम्मा तीन सिटमात्र भएको वामपन्थी पृष्ठभूमिको दल राम्रो मतकासाथ विजयी भयो । राजापाक्षेलाई अनुरा कुमारा दिशानायकेको ज्वारभाटाले किनारमा पुर्याइदियो । केही महिनाअघि मात्र भएको निर्वाचनमा बंगलादेशमा शेख हसिना, संसद्मा विपक्षीविहीन जस्तो अवस्थामा प्रधानमन्त्री बनिन् तर केही महिनाभित्रै भएको विद्यार्थीको विद्रोहले देश छोडेर शरणार्थी बन्नुपर्ने अवस्था आइलाग्यो ।
श्रीलंका र जापानको उदाहरणबाट अहिलेका मतदाताले विगतमा लगाएको गुनलाई सधैं सम्झिरहँदैनन् भन्ने बुझिन्छ, बंगलादेशको उदाहरणबाट प्राविधिक रूपमा चुनावमा शक्तिशाली देखिए तापनि जनभावनालाई कदर गरिएन भने चपरीमुनिको बास हुन्छ भनेर बुझ्न सकिन्छ भने भर्खरै संयुक्त राज्य अमेरिकामा भएको चुनावबाट जनताले सधैं सही निर्णय नगर्न सक्छन् भनेर बुझ्न सकिन्छ । संयुक्त राज्य अमेरिकाको मतदाताको रुझान् हेर्दा भन्न सकिन्छ, मतदाता आफ्नो दैनिकीको सहजता र निजी सुख सुविधामा केन्द्रित बन्न थालेका छन् । नागरिकता पाएका अमेरिकी आप्रवासीको हकमा त भन्न सकिन्छ-उनीहरूले अमेरिका बसेर आफूले सिँढी चढेपछि अरू त्यो सिढी नचढोस् भनेर भर्यांग काट्ने सीप हासिल गरेका छन् ।
सीमित क्षेत्रमा हालै भएको नेपालको उपनिर्वाचनको सन्दर्भमा यत्रो लामो कथा जोड्न आवश्यक थियो कि थिएन चर्चा गर्न सकिएला । कुरा के हो भने–नेपालको २०८४ मा हुने निर्वाचनमा नेपाली जनताले विगतको गुन बिर्सन सक्छन् । गएको निर्वाचनमा ठूला देखिएका सरकारमा रहेका कांग्रेस र एमाले पार्टीप्रति हुने आक्रोशको फाइदा प्रमुख प्रतिपक्षले उठाउन सक्छ । मतदाताको मन ऊबाहेक कसैको अधिनमा छैन । नेपालको चुनावमा आप्रवासी नेपालीहरूको कानेखुशीले पनि अर्थ राख्न थालेकाले रविका अपराध क्षम्य बन्न सक्ने सम्भावना रहनेछ ।
अझै समय बितिसकेको छैन । कुनै निर्णय गर्दा सूचनाको पहुँच भएका र आत्म निर्णय गर्नसक्ने मतदाताले आफूले गरेको निर्णयबारे जनताले के सोच्लान् भनेर विचार गर्न सकियो भने सधैं सुधारको गुञ्जाइस रहन्छ । गएको स्थानीय तह उपनिर्वाचनको समीक्षा कर्मकाण्डी तवरले गरिन्छ कि सुध्रिनका लागि ? त्यसैबाट दलहरूको सफलता र असफलताको निर्धारण हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच