काठमाडौं – चिकित्सकहरुका अनुसार एकजना स्वस्थ्य व्यक्तिले दैनिक कम्तिमा दुई लिटर हाराहारीमा पानी पिउनु आवश्यक हुन्छ । तर, यसरी पानी पिउँदै गर्दा शरीरको वजनमा पनि भर पर्छ । त्यसो भए कति वजन भएका मानिसले कति पानी पिउने त ?
शरीरको तौल अनुसार पानीको मात्रा फरकफरक
शुरुमा आफ्नो शरीरको तौल कति छ थाहा पाउनुस् । अनि शरीरको तौललाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन शुरु गर्नुहोस् । उदाहारणको लागि तपाईंको तौल ६० किलो छ भने तपाईंले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । त्यसैगरी ८० किलो तौल भएका मानिसले २।६ लिटर पानी पिउनु पर्छ ।
व्यायामको समयमा धेरै
तपाईंले व्यायाम गरिरहनु भएको छ भने त्यो समयमा तपाईंको शरिरबाट धेरै पसिना बग्छ । त्यसका कारण शरिरमा पानीको मात्रा कमी हुन जान्छ । यसरी पानीको मात्रा कमी हुँदा सुख्खापन हुने मात्र नभई यसले पाचन प्रणालीमा समेत समस्या ल्याउन सक्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ ।
यसका साथ साथै फलफुल तथा जुस पनि शरीरका लागि आवश्यक पर्छ । हुन त शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्न पानी नै मात्र पिउनु पर्छ भन्ने पनि छैन । यसका लागि अत्यधिक पानीको मात्रा पाईने फलफूल तथा अन्य खानेकुरा पनि सेवन गर्न सकिन्छ । शरीरमा २०।२५ प्रतिशत पानी हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउमा ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरबुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रशस्त पानी पाइन्छ ।
एजेन्सीको सहयोगमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच