मुम्बइ । अक्षय कुमार हाउसफुल ५ को सुटिङका क्रममा घाइते हुनुभएको छ । एक्शन सिक्वेन्सको सुटिङका क्रममा सेटमा केही वस्तु उछालिएर हिजो उहाँको आँखामा ठोक्किन पुगेको थियो ।
हिन्दुस्तान टाइम्सका अनुसार आँखामा चोट लागेपछि तुरुन्तै फिल्मको सेटमा आँखा विशेषज्ञलाई बोलाइएको थियो।
अक्षयको आँखा जाँच गरेपछि डाक्टरले पट्टी लगाइदिनुभएको थियो । उहाँले अक्षयलाई केही दिन सुटिङ नगर्न र आराम गर्न सल्लाह दिनुभएको छ। मार्च २०२३ मा पनि फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङको क्रममा स्कटल्याण्डमा एक एक्सन दृश्य शूट गर्ने क्रममा अक्षय घाइते हुनुभएको थियो ।
अहिले चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । अक्षयको चोटका कारण फिल्मको सुटिङ केही समयका लागि रोकिएको थियो । त्यसपछि फेरि सुटिङ सुरु भयो । तर, अक्षयको दृश्यको सुटिङ अहिलेका लागि रोकिएको छ । उहाँको निको भए पछि मात्रै उनका दृश्यहरुको सुटिङ हुनेछ ।
अक्षय कुमारसँगै हाउसफुल ५ मा रितेश देशमुख, अभिषेक बच्चन, श्रेयस तलपदे, चंकी पाण्डे, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, फरदीन खान लगायतका कलाकारहरु हुनुहुन्छ । यो चलचित्रलाई तरुण मनसुखानीले निर्देशन गर्दैछन् । फिल्म ६ जुन २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच