नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल-चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गर्नुभयो । उहाँले यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुरबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले एशियाका ज्योतीको रुपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताउनु भयो । बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

ADVERTISEMENT

गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने बताउनु भयो । उहाँले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?