काठमाडौं। सहकारी ठगी प्रकरणमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसहित २६ जनाविरूद्व मुद्दा दायर भएको छ ।
मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको हो ।
जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर भएको हो।
सहकारीको २२ करोड बिगो मागदाबीसहित उनीहरुविरुद्ध सहकारीको रकम अपचलनमा मात्रै मुद्दा दायर गरिएको छ ।
सो सहकारीका वर्तमान अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ।
अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुनु हो ।
यसअघि सहकारीमा कोइराला सञ्चालन भएको समयमा भएको अनियमिताको विषयलाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयले ऋषिकेशपत्नी अञ्जला कोइरालाको नाम हटाएर अनुसन्धानको लागि प्रहरीमा पठाएको थियो ।
सहकारीको ठगीमा अनुसन्धान प्रक्रियामा पनि ठोस प्रगति नभएको प्रहरीले स्रोतले जनाएको छ । सहकारीको ठगीमा नविल बैंक पनि जोडिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच