पूर्वविद्यार्थीले विद्यालयमा जडान गरिदिए पानी प्रशोधन गर्ने उपकरण

पानी प्रशोधण गर्ने उपकरणको उद्घाटन गर्नुहुँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । सरस्वती माध्यमिक विद्यालयमा पूर्वविद्यार्थीले पानी प्रशोधण गर्ने उपकरण जडान गरिदिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारको सरस्वती माध्यमिक विद्यालयबाट २०५० सालमा एसएलसी उतिर्ण गरेका विधार्थीहरुले सोही विद्यालयमा शुद्ध पिउने पानी प्रशोधण गर्ने उपकरण जडान गरिदिएको हो ।

सो विद्यालयबाट २०५० सालमा एसएलसी उतीर्ण गरेका ४३ जना विद्यार्थीले छ लाख बजेटमा जडान गरिदिएको पानी प्रशोधण गर्ने उपकरणको मंसिर २८ गते कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको विद्यालयका प्रधानाध्यापक शिवहरी ढकालले बताउनुभयो ।

विद्यालयको छतमा दुई हजार लिटर क्षमताको एकवटा रिर्जभ ट्याङकी, एक हजार लिटर क्षमताको एकवटा फिल्टर ट्याङ्क, प्लान्ट र उपकरण जडान गरिएको छ । प्रसारण लाइनमार्फत आवश्यकता अनुसार विद्यालय परिसरमा पाँचवटा धारा जडान गरेर पानी चालू गरिएको छ ।

शुद्ध खानेपानी प्रशोधन उपकरण उद्घाटन कार्यक्रमकै अवसरमा २०५० सालदेखी हालसम्म उक्त विद्यालयमा कार्यरत सात जना प्रधानाध्यापक र २०५० सालमा अध्यापन गराउनुहुने शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको पूर्वविधार्थी जितेन्द्र राईले बताउनुभयो । राईकाअनुसार शिक्षक भवकृष्ण ढकाल, मन्दत्त राई र मोहन राजभण्डारीलाई मरणपरान्त सम्मान गरिएको छ ।

उच्च शिक्षासँगै भविष्य खोज्दै विद्यालयबाट बाहिर गए पनि विद्यालयप्रतिको माया र बाल्यकालमा खेपेको खानेपानीको समस्यालाई ध्यानमा राखेर हाललाई खानेपानीको प्राथमिकता देखिएकाले शुद्ध पिउने पानी प्रशोधन गर्ने उपकरण जडान गरिएको पूर्वविधार्थी इन्द्र कसुजुले बताउनुभयो ।

फेसबुकमा ग्रुप च्याट बनाएर छलफल गरी जितेन्द्र राईको अध्यक्षतामा समिति बनाई विद्यालयमा पानी प्रशोधन गर्ने उपकरण खरीदका लागि सहयोग संकलन गरिएको थियो । समितिमा राजु बस्नेत सचिव र दधिराम ढकाल कोषाध्यक्ष रहेका थिए । पानी प्रशोधन उपकरण खरीदका लागि पूर्वविद्यार्थीहरुले न्युनतम पाँच हजारदेखि अधिकतम एक लाखसम्म सहयोग गरेका थिए ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराई र प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयको उपस्थिति थियो । उक्त विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म १३०० जना विधार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?