
काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टर सार्वजनिकसगै चलचित्रको सिनेमाघरमा आउने नयाँ मिति सार्वजनिक गरिएको छ । चलचित्र माघ ४ गतेदेखि सिनेमाघरमा आउनेछ ।
विन्द्यवासिनी क्रियसनको व्यानरमा निर्माण गरिएको यो चलचित्रलाई मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो । नितिश पुन साह निर्माता रहेको चलचित्रमा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ । नवीन भट्टको निर्देशन रहेको चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच