काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो ।
वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका हुन् ।
योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।
नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।
आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन्भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच